Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालसोलुखुम्बुमा काठ निकासी घट्यो

सोलुखुम्बुमा काठ निकासी घट्यो


सोलुखुम्बु ।  हिमाली जिल्ला सोलुखुम्बुबाट हुने काठ निकासी घटेको छ । गत आर्थिक वर्षको पहिलो छ महिनाको तुलनामा यस वर्ष दुई हजार क्यूफिटभन्दा बढीले निकासीमा गिरावट आएको हो ।

डिभिजन वन कार्यालय सोलुखुम्बुको तथ्यांकअनुसार आर्थिक वर्ष २०७८/०७९ मा ६७ हजार चार सय २६.८२ क्यूफिट काठ निकासी भएको थियो भने २०७९ साउदेखि पुससम्म ६५ हजार तीन सय ८६.१६ क्यूफिट काठ निकासी भएको छ । जुन दुई हजार ३९ दशमलव ६६ क्यूफिटले कमी हो ।

चालू आर्थिक वर्षको साउनमा १० हजार पाँच सय ६०.९९ क्यूफिट, भदौमा तीन हजार तीन सय ६५.६३, असोजमा दुई हजार २७५.१५, कात्तिकमा पाँच हजार आठ सय ९७.८६, मंसिरमा १४ हजार नौ सय २८.८६ र पुसमा २८ हजार तीन सय ५८.१६ क्यूफिट काठ निकासी भएको छ । जसबाट २३ लाख ३१ हजार चार सय ६४ रुपैयाँ मूल्यअभिवृद्धि कर, एक लाख ५० हजार नौ सय १६ रुपैयाँ प्रदेश कर र छ लाख २३ हजार आठ सय ४५ रुपैयाँ ४३ पैसा स्थानीय निकासी शुल्क सङ्कलन भएको डिभिजन वन कार्यालयका फरेष्टर खेचरबाबु बास्तोलाले जानकारी दिए ।

चालू आर्थिक वर्षमा आर्थिक मन्दी, बजारको समस्या, व्यवसाय गर्नेहरुले लगानी गर्न नसक्नु लगायतका कारण काठ निकासीमा गिरावट आएको हुनसक्ने अनुमान गरिएको छ । जिल्लाको विभिन्न निजी वन क्षेत्रहरुबाट काठ निकासी हुने गरेको वन कार्यालयले जनाएको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x