Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालएक बिरामीका लागि एक जना मात्रै कुरुवा

एक बिरामीका लागि एक जना मात्रै कुरुवा


धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले बिरामी लिएर आउने, आफन्तलगायत अन्य मानिसहरुको भीडलाई व्यवस्थापन गरी बिरामीलाई सहज रुपमा गुणस्तरीय एवम् प्रभावकारी उपचार सेवा प्रदान गर्ने उद्देश्यले एक जना बिरामीका लागि एक जना मात्र कुरुवा रहन पाउने व्यवस्था गरेको छ ।

यसबाट बाहिरबाट आएका मानिसहरुले इमर्जेन्सीमा उपचारार्थ ल्याइएका बिरामीहरुलाई संक्रमण हुने लगायत भीडभाडका कारण बिरामीलाई उपलब्ध गराउनुपर्ने सेवा सुविधालाई सहज रुपमा पु-याउन सहयोग पुग्ने प्रतिष्ठानको भनाइ छ । प्रतिष्ठानमा हाल दैनिक दुई सयभन्दा बढी बिरामीहरु इमर्जेन्सीमा आउने गरेका छन् ।

साथै, इमर्जेन्सीमा आएका बिरामीहरु सामान्य घाउ चोटपटक लगायत अङ्गभङ्ग लगायत अति संवेदनशिल अवस्थाका समेत बिरामी आउने गरेकाले एक जना मात्र कुरुवाको व्यवस्थाले बिरामीलाई उपचारमा सहज हुने प्रतिष्ठानको विश्वास छ । बिरामी कुरुवा पासबापत लिइने धरौटीबापतको रकम पाँच सय रुपैयाँ बिरामी डिस्चार्ज भएपछि वा वार्डमा भर्ना भएपछि इमर्जेन्सी बिल काउन्टरबाट नै फिर्ता गरिनेछ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x