Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालनेत्रज्योति संघलाई जापानले स्वास्थ्य उपकरण दियो

नेत्रज्योति संघलाई जापानले स्वास्थ्य उपकरण दियो


काठमाडौं । जापानी नागरिकहरुका तर्फबाट नेपाल नेत्रज्योति संघ कीर्तिपुर आँखा अस्पताल तथा अध्ययन केन्द्रलाई प्रदान गरिएको आँखा स्वास्थ्यसम्बन्धी उपकरणहरु हस्तान्तरण गरिएको छ ।

नेपालका लागि जापानी राजदूत किकुता युताकाले बुधबार कीर्तिपुर आँखा अस्पतालमा आयोजित एक कार्यक्रममा उक्त सामग्रीहरु हस्तान्तरण गरेका हुन् । रेटिना रोगको उपचारसँग सम्बन्धित करिब एक करोड ८५ लाख नेपाली रुपैयाँबराबरका स्वास्थ्य सामग्रीहरु जापान सरकारको (ग्रान्ट एसिस्टेन्स फर ग्रासरुस्ट प्रोजेक्ट) कार्यक्रमअन्तर्गत अनुदानमा प्रदान गरिएको हो । संघले वि.सं. २०७२ सालमा आँखा उपचार केन्द्रका रुपमा स्थापना गरेको कीर्तिपुर आँखा अस्पताललाई वि.सं. २०७४ सालमा आँखा अस्पतालका रुपमा स्तरोन्नति गरिएको थियो । स्थापनाकालदेखि नै अस्पतालले आम नागरिकहरुलाई सर्वसुलभ मूल्यमा गुणस्तरीय आँखा उपचार सेवा प्रदान गर्दै आइरहेको छ ।

यस अस्पतालको सेवालाई थप प्रभावकारी र गुणस्तरीय बनाउन आवश्यक स्वास्थ्य उपकरणहरु प्रदान गर्नेसम्बन्धी सम्झौतापत्रमा वि.सं. २०७७ कात्तिक १९ मा नेपालस्थित जापानी राजदूतावास र नेपाल नेत्रज्योति संघका बीचमा हस्ताक्षर भएको थियो । सन् २०२२ मा अस्पतालले २३ हजार ५४० जनालाई आँखा उपचार सेवा प्रवाह गरेको थियो भने हालसम्म अस्पतालबाट करिब सात हजारभन्दा बढी व्यक्तिको आँखाको शल्यक्रिया भइसकेको छ जसमध्ये करिब तीन हजार जनाको शल्यक्रिया निःशुल्क भएको थियो । अस्पतालले हाल काठमाडौं र ललितपुरमा गरी जम्मा चारवटा आँखा उपचार केन्द्रहरु समेत सञ्चालन गरिरहेको छ ।

काठमाडौंका शंखरापुर नगरपालिकामा साँखु आँखा उपचार केन्द्र, दक्षिणकाली नगरपालिकामा दक्षिणकाली आँखा उपचार केन्द्र र चन्द्रागिरि नगरपालिकामा चन्द्रागिरी आँखा उपचार केन्द्र रहेका छन् भने ललितपुरको महालक्ष्मी नगरपालिकामा लभु आँखा उपचार केन्द्र सञ्चालनमा छ । हाल नेत्रज्योति संघले २७ वटा आँखा अस्पताल, १५० वटा आँखा उपचार केन्द्र र ४४ वटा जिल्ला शाखाहरुमार्फत नागरिकहरुलाई सर्वसुलभ र गुणस्तरीय आँखा स्वास्थ्य सेवा प्रवाह गरिरहेको छ । 


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x