आशिष बहादुर सिंह
बझाङ, चैत २
घरको आर्थिक अवस्था निकै कमजोर भएपछि १२ वर्षको कलिलो उमेर रोजगारीको खोजीमा भारतका विभिन्न सहरमा पुगेका बुंगल नगपालिका २ का गणेश बोहराले तीन दशकभन्दा बढी भारतमा नै मजदुरी गरे । कसैको होटेल, घरमा भाँडा माझेर, कसैको भारी बोकेर उनले निकै संघर्ष गर्दै घरपरिवारका लागि भारतबाट पैसा पठाउने गर्थे । २०२२ सालमा जन्मेका बोहरालाई अहिले ५४ वर्ष पुग्यो ।
उनले २०३४ सालदेखि २०७१ सालसम्म झण्डै ३७ वर्षसम्म भारतका धेरै सहरहरुमा उनले काम गरे । बजार, गेट, चौकीदारी हुँदै विभिन्न कम्पनीमा समेत उनले मजदुरी गरे तर पनि भनेजति पैसा कमाउन सकेनन् । कहिले साहुबाट ठगिए, कहिले आफन्तले ठगे, कहीले बजारीयाहरुले ठगेको उनले बताए । कतिपय ठाउँमा उनले कुटाइ समेत सहनुप¥यो । विना कसुर गाली खानु त सामान्य कुरा हो । कुटाइ समेत सहनुपर्थो । यो उनलाई मात्रै नभई भारत तथा विदेशमा गएका सबै नेपालीको बाध्यता भएको उनी बताउँछन् ।
भारतमा काम गरेर गुजारा चलाउनुभन्दा आफ्नै देशमा केही काम र मागेरै भए पनि एक छाकको जोहो गर्नुपर्ला भन्ने सोच बनाएर उनी हरेस खाँदै घर फर्किए । घरमा उनको परिवारमा एकछाक खानाको जोहो गर्न पनि बजारबाटै किनेर खानुपर्ने बाध्यता थियो । पाखो जमिन भएका कारण खेतबारीबाट उब्जनी भएको अन्न तीन महिनासम्म राम्रोसँग खान नपुग्ने भएका कारण उनको गाउँका धेरै युवाहरु अहिले पनि रोजगारीको खोजीमा भारत तथा विदेश जानुपर्ने बाध्यता कायमै छ ।
घरमा बसेर नहुने भएपछि उनले २०७१ सालमा नै आफ्नै जिल्लाका विभिन्न पसलेहरुका सामान ढुवानी गर्नतर्फ लागे र घर खर्च चलाउन थाले । जिल्लाको बागथला हुँदै १२ वटै स्थानीय तहहरुमा मुख्य बजारमा र ग्रामीण बस्तीसम्म चुरोट, बिँडी, खाद्यान्न, मदिरा ढुवानी गर्न थाले । अहिले जिल्लाका सबै स्थानीय तहमा सडकसँगै सवारीसाधन पुगेका कारण उनी सडक सञ्जालसँग नजोडिएको साइपाल गाँउपालिकामा भरियाको काम गर्दै आएका छन् । विदेशमा काम गरेर पैसा कमाउनभन्दा आफ्नै गाउँठाउँमा काम गरेर आनन्द मिलेको उनको अनुभव छ ।
अहिले महिनाको कम्तीमा पनि २५ हजारदेखि ३५ हजारसम्म भारी बोकेर आम्दानी गर्ने गरेको उनले बताए । तल्कोट गाउँपालिकाको स्याँडासम्म सवारीसाधन पुगेका छन् । बोहराले भने, ‘त्यहाँबाट प्रतिकिलो १५० देखि २५० रुपैयाँसम्म पाइन्छ । आफ्नो क्षमताले भ्याएसम्म ४०/४५ किलो बोक्न सकिन्छ । आम्दानी राम्रो हुन्छ ।’ आफ्नै भाषा र भनेको समयमा समेत घर परिवारसँग भेटघाट हुने भएका कारण र विदेशभन्दा आफ्नै ठाउँमा रमाइलो भएको उनले बताए । अहिले वार्षिक रुपमा तीन/चार लाखसम्म आम्दानी गर्न सकिने उनले बताए । यसैबाट घरायसी खर्चसँगै छोराछोरीको पढाइ खर्चको समेत जोहो गर्ने गरेको बोहराले बताए । उनको छोरा, नातिनातिना, बुहारी, श्रीमती गरेर ७ जनाको परिवार रहेको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- सिटिजन्स बैंकको कम्पनी सचिवमा प्रमेशराज कायस्थ
- ५५ करोड बराबरको अनलाइन जुवा खेलाउने व्यक्ति पक्राउ
- ‘अस्पतालको फार्मेसीमा सबै औषधि उपलब्ध हुनुपर्छ’
- कार्टेलिङ गरी सिमेण्टमा मूल्यवृद्धि
- विराटनगरमा मैथिली भाषाको अन्तर्राष्ट्रिय अवार्ड हुने
- नयाँ स्टक एक्सचेन्ज र पुँजीबजार
- राजनीतिकोे उतारचढावमा सेयरबजार
- कोही जिम्मेबार नहुँदा थला परेको विकास
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया