फागुनमा ‘नेपाल मेडिकल तथा ल्याब एक्स्पो’
काठमाडौं । आगामी फागुनमा नेपाल मेडिकल तथा ल्याब एक्स्पो हुने भएको छ । एसडी प्रोमो मिडिया प्रालिले ईईपीसी भारत र च्यमसन नेपालसँगको सहकार्यमा एक्स्पोको आयोजना गर्न लागेको हो ।
आगामी फागुन १८ गतेदेखि २० गतेसम्म भृकुटीमण्डपमा हुने उक्त एक्स्पोको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । यो एक्स्पो, सबैभन्दा ठूलो बी टु बी मेडिकल, डाइग्नोस्टिक, ल्याबरेटोरी तथा विश्लेषणात्मक समाधानहरूको प्रदर्शनी हुने बताइएको छ । यस प्रदर्शनीमा नेपालका तीन सयभन्दा बढी प्रदर्शकहरू सहभागी हुनेछन् भने भारत तथा अन्य देशहरूबाट आठ सयभन्दा बढी ब्रान्डले एक हजारभन्दा धेरै उत्पादनहरू तथा सेवाहरू सार्वजनिक प्रदर्शनीमा राख्नेछन् ।
यसले स्वास्थ्य तथा ल्याबरेटोरीका आवश्यकतालाई सम्बोधन गर्ने बताइएको छ । यस छैटौँ संस्करणमा हेल्थ केयर, फर्मास्युटिकल तथा रिसर्च सेक्टरका लागि यी तीन दिन उपलब्धिमूलक हुने आयोजकको विश्वास छ । साथै प्रदर्शनीमा थुप्रै व्यावसायिक साझेदारी तथा उल्लेखनीय नेटवर्किङका अवसर पनि प्रदान गरिनेछ । यस प्रदर्शनीले नयाँ कम्पनीहरूका लागि पुराना स्थापित संस्था तथा ब्रान्डसँग परिचय तथा चिनजानका लागि महत्त्वपूर्ण अवसर दिनेछ । आयोजकका अनुसार सबै कम्पनीले आफ्ना पछिल्ला तथा उत्कृष्ट उत्पादन प्रदर्शन गर्नका लागि सबै तयारी पूरा गरेका छन् ।
प्रदर्शनीका विगतका संस्करणहरूमा पनि अग्रणी ब्राण्डहरूले सहभागिता जनाई आफ्ना उत्कृष्ट तथा नवीन उत्पादनहरूले सबैलाई प्रभावित गरेका थिए । प्रदर्शनीमा सहभागी हुने मेडिकल तथा ल्याबरेटोरीका प्रमुख ब्रान्डहरूमा स्कयानरे, एक्सिलेन्स, हिटाची, कोनिका, सोनि, जिइ, फिलिप्स, थ्रि एम, स्कयारेर, बेन्क, विनब्याक, हेहिन, माइन्डरे, एड्यान, -यानडोक्स, वोनडोक्स, अगापी, बिकन, होरिबा, एक्जिएस, जे मित्रा, मिअर्क, सिग्मा एल्डरिच, हन्ना, बेकम्यान कोल्टर, थेर्मो फिसर, अबान्टर, -याडबाग, म्यागनस, स्याटोरियस, एस्को, सेनजेन बायोसेन्स, बोरोसिल, डि–ल्याब, एन्यालिटिकन, रेटोलगायतका छन् ।
यस वर्षको मूल विषयवस्तु नयाँ नेपाल–हेल्थ केयर तथा ल्याबरेटोरीका पछिल्लो प्रविधि तथा उत्पादन अपनाएर नवीन तथा उत्कृष्ट विधि प्रयोग गर्नु रहेको आयोजकले जनाएको छ । एसडी प्रोमो मिडिया प्रालिका डाइरेक्टर राजेश शर्माले प्रर्दशनी निर्णयकर्ता, म्यानेजर, नर्सिङहोम, फर्मास्युटिकल, डाइग्नोस्टिक, कलेज, विश्वविद्यालय, ब्लड बैंक, मेडिकल कलेज लगायतलाई केन्द्रमा राख्दै आयोजना गर्न लागिएको बताए ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- नेपालगञ्जमा १०८ फिट अग्लो ‘हनुमान’को मूर्ति बनाइँदै
- राजस्व सङ्कलन बढ्यो
- ‘प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम’ प्रारम्भ
- शेयर बजार राताम्मै
- भारतीय सेनाध्यक्षलाई राष्ट्रपतिद्वारा ‘मानार्थ महारथीको दर्ज्यानी चिन्ह’ प्रदान
- पूर्वाञ्चल विश्वविद्यालयले अन्तर्राष्ट्रिय सम्मेलन गर्ने
- पाथीभरा क्षेत्रमा हल्का हिमपात सुरु
- बजार माग बढेसँगै अलैँचीको मूल्य उच्च विन्दुमा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया