Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालनेपाल ब्राजिल चेम्बर अफ कमर्सको टोली ब्राजिल भ्रमणमा

नेपाल ब्राजिल चेम्बर अफ कमर्सको टोली ब्राजिल भ्रमणमा


काठमाडौं । नेपाल ब्राजिल चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (एनबीसीसीआई)को एक प्रतिनिधिमण्डल ब्राजिल भ्रमणमा निस्केको छ । एनबीसीसीआईका अध्यक्ष अखिल कुमार चापागाईँको नेतृत्वमा उद्योगी तथा उद्यमीहरूको एक प्रतिनिधिमण्डल बिहीबार ब्राजिल प्रस्थान गरेको हो ।

२४ फेब्रुअरी २०२३ सम्म एनबीसीसीआईको १९ सदस्यीय टोली नेपाल र ब्राजिलबीचको व्यापारिक सम्बन्ध अझै थप उचाइमा पु-याउन ब्राजिलका सहर साओ पाउलो र रियो दि जेनेरियोको भ्रमणमा रहनेछन् । साथै उनीहरुलाई ब्राजिलियन राजदूत कार्लोस डेन हार्टोग तथा उपप्रमुख जोसे मारियाले एक कार्यक्रमको आयोजना गरी विदाइ गरेका थिए । उमेश रायमाझी र संयोजक निरज तिमिल्सिनाको अगुवाइले भ्रमणलाई थप फलदायी बनाउने विश्वास गरिएको छ ।

भ्रमणको क्रममा, ब्राजिलका व्यापारी प्रतिनिधिहरू तथा ब्राजिलियन एसोसिएसन अफ होटेल इन्डस्ट्रिजका उद्यमीहरूसँग भेटघाटका साथै नेपाल र ब्राजिलबीचको व्यापार अवसरहरू खोज्न नेपाली टोली ब्राजिलका प्रमुख कम्पनीहरूको भ्रमण गर्नेछन् । एनबीसीसीआई नेपाल र ब्राजिलबीचको व्यापार, लगानी र सहकार्यलाई प्रवर्द्धन गर्न स्थापना गरिएको गैर–लाभकारी संस्था हो । प्रतिनिधिमण्डल नेपालबाट ब्राजिलको तेस्रो भ्रमण हुने र यसले दुवै देशका लागि नयाँ व्यापारिक अवसर सिर्जना हुने अपेक्षा गरिएको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x