सोलुखुम्बु, चैत ११
कोरोना भाइरसको त्रासका कारण सहरबजार रित्तिएसँगै गाउँबस्तीमा चहलपहल बढेको छ । रोजगार तथा अध्ययनका लागि गाउँघर छोडेका मानिसहरू भाइरसको त्रासले सहर छाडेपछि गाउँघरमा चहलपहल बढेको हो । केही दिनअघिसम्म सुनसान देखिएको सोताङ क्षेत्रमा चहलपहल बाक्लो भएको स्थानीय डिल्लीबहादुर राईले बताए ।
तराई तथा सहरी क्षेत्रमा सम्भावनाको खोजी गर्दै बसाइ सरेकाहरूसमेत गाउँघरमा भेटिन थालेको महाकुलुङ गाउँपालिकाका आसमान कुलुङको भनाइ छ । दशै तथा तिहारजस्ता महान चाडपर्वले समेत गाउँ नफर्काएकाहरूलाई पनि कोरोना भाइरसको त्रासले गाउँ आउन बाध्य बनाएको नेचासल्यान गाउँपालिकाका सुमन बस्नेतको भनाइ छ । गाउँघरमा जनशक्ति नभएपछि कयौँ रोपनी खेतबारी बाँझो भएको भए पनि युवा जनशक्ति गाउँ फर्किसँगै यस वर्ष ती बाँझा खेतबारीमा अन्नबाली लगाउन सकिने बुढापाकाहरूको विश्वास छ ।
कोरनाको कारण विश्वमा आर्थिक क्षेत्रमा उल्लेखनीय गिरावट आउने आँकलन गरिए पनि ग्रामीण क्षेत्रमा यसको प्रभाव न्यून रहेको लिखुपिके गाउँपालिकाका शिवबहादुर बस्नेतको भनाइ छ । खाना पकाउन दाउरा, भान्छामा मकैको च्याख्ला, गाउँमै फलेका तरकारी पाक्ने भएकाले मुख्य बजारमा जस्तो समस्या गाउँमा नहुने थुलुङ दुधकोशी गाउँपालिकाका अम्मरबहादुर विश्वकर्माले बताए । एक हप्ताको अवधिमा सडक मार्गबाट मात्रै करिब पाँच हजार नागरिक सोलुखुम्बु भित्रिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । एक हप्ताको अवधिमा जिल्ला भित्रिने मुख्य सडकमार्गबाट चार सय २७ ओटा जिप र ३१ ओटा बसमार्फत चार हजार सात सय ९७ जना सोलुखुम्बु भित्रिएको ट्राफिक प्रहरी नारायणबहादुर बस्नेतले जानकारी दिए ।
सार्वजानिक सवारी साधनको अभिलेख प्रहरीसँग भए पनि निजी सवारी साधनबाट पनि ठूलो संख्यामा यात्रुहरू भित्रिएको प्रहरीको भनाइ छ । जिल्लाबाट बाहिरीनेको संख्या न्यून भए पनि भित्रिनेको संख्या अत्याधिक रहेको यातयात व्यवसायीले बताएका छन् । त्यतिकै संख्यामा हवाई मार्गबाट पनि जिल्ला भित्रिएको नागरिक उड्डयन कार्यालय फाप्लुले जनाएको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- मलको अभाव हुँदा खेती गर्न समस्या
- मकवानपुरमा सुतिरहेका साथीको साबेल प्रहार गरी हत्या
- सिटिजन्स बैंकको कम्पनी सचिवमा प्रमेशराज कायस्थ
- ५५ करोड बराबरको अनलाइन जुवा खेलाउने व्यक्ति पक्राउ
- ‘अस्पतालको फार्मेसीमा सबै औषधि उपलब्ध हुनुपर्छ’
- कार्टेलिङ गरी सिमेण्टमा मूल्यवृद्धि
- विराटनगरमा मैथिली भाषाको अन्तर्राष्ट्रिय अवार्ड हुने
- नयाँ स्टक एक्सचेन्ज र पुँजीबजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया