घरेलु महासंघका पूर्वअध्यक्ष श्रेष्ठको निधन
काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघका पूर्व केन्द्रीय अध्यक्ष रमेशकुमार श्रेष्ठको निधन भएको छ । श्रेष्ठको बुधबार काठमाडौंमा निधन भएको महासंघले जनाएको छ । तत्कालीन संघलाई महासंघमा परिणत गराउन महत्वपूर्ण भूमिका खेलेका श्रेष्ठ वि.सं २०५३ साल असार देखि २०५५ साल पौष महिनासम्म महासंघको अध्यक्ष भएका थिए । उनकै सक्रियतामा काठमाडौंमा सार्कस्तरीय सेमिनार तथा सार्क मुलुकमा उत्पादित वस्तुहरूको औद्योगिक प्रदर्शनीसमेत भएको थियो ।
श्रेष्ठको निधनबाट महासंघले संस्थागत विकासमा समर्पित एउटा सफल अभिभावक गुमाएको महासंघका अध्यक्ष उमेश प्रसाद सिंहले बताए । महासंघले श्रेष्ठको निधनको शोकमा असार १५ गते महासंघ केन्द्र, प्रदेश, जिल्ला तथा पालिका समितिका कार्यालयहरू एक दिनका लागि बन्द गर्ने भएको छ । साथै, महासंघको झण्डा आधा झुकाइने महासंघले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, समाचार
ट्याग : #page 3
ताजा अपडेट
- आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही
- स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन
- चैनपुर सेतीसहित १४ वटा आयोजनाको विद्युत् अनुमतिपत्र जारी
- यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमय दर
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया