काठमाडौं,बैशाख १०
सर्वोच्च अदालतले सरकारसँग औषधि, पानी र खाद्यान्न सामग्रीको आपूर्ति व्यवस्थापन कसरी भइरहेको छ भन्ने विषयमा लिखित जवाफ माग गरेको छ । औषधि, पानी र खाद्यान्न सामग्रीको आपूर्तिमा सरकारले खासै चासो नदिएको गुनासो आइरहेको बेला सर्वोच्चले लिखित जवाफ माग गरेको हो ।
न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले मंगलबार लिखित जवाफ माग गरेको हो । अधिवक्ता शैलेन्द्रप्रसाद हरिजनलगायतले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमा लकडाउनका बेलामा अतिआवश्यक सामग्री र जनताप्रति मानवीय व्यवहार गर्न आदेशको माग गर्दै रिट निवेदन दायर गरेका थिए ।
अदालतले यसअघिका अन्य आदेशका विषयमा यही वैशाख ११ गते महान्यायाधीवक्ता नै अदालतमा उपस्थित हुने भएकाले उक्त दिन छलफलका लागि दुवै पक्षलाई बोलाउने तय भएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- मेची–महाकाली राष्ट्रिय उद्धार यात्राको पाँचौँ दिन सप्तरीबाट १३ जनाको उद्धार
- विराटनगरमा हुन्डीको कारोबार फस्टाउँदै, प्रशासन मौन
- समसामयिक राजनीतिक व्यङ्ग्य
- दुई महिनामा ३५ अर्ब बढ्यो बैंकहरूको निक्षेप
- सेवा रेमिटको लाइसेन्स खारेज
- २५ करोड बढी कारोबार गर्ने चार सय करदाता केन्द्रीय बीजक अनुगमन प्रणालीमा आबद्ध
- रवि र दुर्गा प्रसाईँ पक्राउपछि उदाङ्गिएको आईजी कुँवरको नैतिकता !
- ‘न्यायालयप्रति विश्वास छ, सघाउँछौँ’
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया