Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबैंकभन्दा फाइनान्सहरुमा निष्क्रिय कर्जा उच्च

बैंकभन्दा फाइनान्सहरुमा निष्क्रिय कर्जा उच्च


काठमाडौं,बैशाख १०

वित्तीय प्रणालीमा एक दशमलव ७७ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी २४ वटा विकास बैंक र २२ वटा फाइनान्स कम्पनीसहितका ७३ वटा संस्थाहरुले चालू आर्थिक वर्षको सात महिनाको अवधिमा ३५ खर्ब ६५ अर्ब ३५ करोड रुपैयाँ निक्षेप संकलन गरी ३१ खर्ब ८५ अर्ब ६२ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा एक दशमलव ७७ प्रतिशत कर्जा निष्क्रिय देखिएको हो ।

नेपाल राष्ट्र बैंकका अनुुसार गत आवको सोही अवधिमा २८ वटा वाणिज्य बैंक, ३३ विकास बैंक र २४ वटा फाइनान्स कम्पनीहरु सहितका कुल ८५ वटा बैंक तथा फाइनान्स कम्पनीहरुले ३० खर्ब ८४ अर्ब ९० करोड ६३ लाख २० हजार रुपैयाँ निक्षेप संकलन गरी २७ खर्ब ६१ अर्ब ८४ करोड ३२ लाख २० हजार रुपैयाँ कर्जा प्रवाह गरेका थिए । उक्त अनुपातमा कर्जा प्रवाह गर्दा एक दशमलव ७५ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।

राष्ट्र बैंकका अनुसार वाणिज्य बैंक र विकास बैंकको तुुलनामा फाइनान्स कम्पनीहरुमा निष्क्रिय कर्जा उच्च देखिएको छ । चालू आवको पछिल्लो सात महिनामा वाणिज्य बैंकहरुले ३० खर्ब ६८ अर्ब ५६ करोड ६० लाख रुपैयाँ निक्षेप संकलन गरी २७ खर्ब ५४ अर्ब १० करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा एक दशमलव ७१ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा भने वाणिज्य बैंकहरुले २६ खर्ब ७६ अर्ब ३४ करोड ३१ लाख रुपैयाँ निक्षेप संकलन गरी २३ खर्ब ८९ अर्ब १० करोड २२ लाख ६० हजार रुपैयाँ कर्जा प्रवाह गर्दा एक दशमलव ६० प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।

विकास बैंकहरुमा भने चालू आवको पछिल्लो सात महिनामा एक दशमलव २१ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । राष्ट्र बैंकका अनुुसार यस अवधिमा विकास बैंकहरुले चार खर्ब १५ अर्ब ३८ करोड २० लाख रुपैयाँ निक्षेप संकलन गरी तीन खर्ब ५७ अर्ब ६४ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । गत आवको सोही अवधिमा भने विकास बैंकहरुले तीन खर्ब ४१ अर्ब १९ करोड १५ करोड १५ लाख ९ण् हजार रुपैयाँ निक्षेप संकलन गरी तीन खर्ब आठ अर्ब ७९ करोड ४० लाख २० हजार रुपैयाँ कर्जा प्रवाह गर्दा एक दशमलव १२ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।

राष्ट्र बैंकका अनुुसार फाइनान्स कम्पनीहरुमा भने चालू आवको पछिल्लो सात महिनामा छ दशमलव ६७ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । फाइनान्सले यस अवधिमा ८१ अर्ब ४० करोड ३० लाख रुपैयाँ निक्षेप संकलन गरी ७३ अर्ब ८७ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । गत आवको सोही अवधिमा भने फाइनान्सले ६७ अर्ब ५७ करोड रुपैयाँ निक्षेप संकलन गरी ६३ अर्ब ९९ करोड रुपैयाँ कर्जा प्रवाह गर्दा १० दशमलव २७ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।

राष्ट्र बैंकद्वारा पाँच करोड बढी कर्जा लिने ग्राहकको विवरण माग
नेपाल राष्ट्र बैंकले बैंकहरुसँग कर्जा लिने ऋणीहरुको विवरण माग गरेको छ । राष्ट्र बैंकले सोमबार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको नाउँमा परिपत्र जारी गर्दै पाँच करोड रुपैयाँभन्दा बढी कर्जा लिएका ग्राहकहरुको विवरण पठाउन निर्देशन दिएको हो । राष्ट्र बैंकका अनुसार ऋणीहरुको विवरण यही जेठ १५ गतेसम्ममा राष्ट्र बैंकको रिपोर्टिङ डट एनआरबी डट ओराजी डट एनपीमा पठाइसक्नुपर्नेछ ।

राष्ट्र बैंकले वित्तीय प्रणालीमा ३५ करोड ९७ लाख रुपैयाँ संस्थागत निक्षेप राख्ने नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा ३५ करोड ९७ लाख रुपैयाँ संस्थागत निक्षेप राख्ने भएको छ । राष्ट्र बैंकका अनुसार तीन सय ६७ दिने मुुद्दती निक्षेपको रुपमा २०७७ जेठ १ गतेदेखि वि.सं. २०७८ जेठ १ गतेसम्मको लागि उक्त परिमाणमा रकम राख्न लागिएको हो ।

यसरी मुुद्दती निक्षेपको रुपमा राखिने कुुल रकममध्ये २७ वटा वाणिज्य बैंकहरुको लागि २८ करोड ७९ लाख, २३ विकास बैंकहरुको लागि पाँच करोड ३९ लाख र २२ वटा फाइनान्स कम्पनीहरुको लागि एक करोड ७९ लाख रुपैयाँ छुुट्याइएको छ । राष्ट्र बैंकका अनुसार रकम लगानी गर्न चाहने इच्छुुक तथा फाइनान्स कम्पनीहरुले यही १२ गते अर्थात् आगामी शुुक्रबार अपराह्न १२ः३० बजेसम्म नेपाल राष्ट्र बैंकमा आफूले लगानी गर्न चाहेको रकम र उक्त रकममा दिन चाहेको ब्याज समेत उल्लेख गरेर आवेदन दिनुुपर्नेछ ।

राष्ट्र बैंकका अनुसार रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा फाइनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा गरेको, तोकिएको न्यूनतम पुँजीकोष कायम रहेको, निष्क्रिय कर्जा (एनपीए) कुल कर्जा सापटको पाँच प्रतिशतभन्दा कम भएको खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी रहेको हुुनुुपर्ने प्रावधानहरु तोकिएका छन् ।

यसैगरी कर्जा तथा स्वदेशी निक्षेप र प्राथमिक पँुजी अनुपात यस बैंकले निर्धारण गरेको सीमाभित्र रहेको, सर्वसाधारणको लागि छुट्याइएको सेयर जारी गरिसकेको, निकटतम अघिल्लो आवमा सञ्चालन मुनाफा (व्यवस्थापछि)मा रहेको, लगानी गरिने बैंकको कुनै पनि सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालकलाई राष्ट्र बैंकले जरिवाना गरेको अवस्थामा त्यस्तो जरिवाना गरिएका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालक बैंकमा नरहेको, शीघ्र सुधारात्मक कारबाहीमा परेको भए, फुकुवा भएको कम्तीमा छ महिना पूरा भएको, लगानी गरिने बैंक नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ बमोजिमको कारबाहीमा परी समस्याग्रस्त घोषणा नभएको तथा समस्याग्रस्त घोषणा भएकोमा सो फुकुवा भएको छ महिना अवधि पूरा भएको एवं रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमाभन्दा बढी नभएको हुुुुनुुपर्ने प्रावधानहरु तोकिएका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x