Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारभूमिहीनलाई जग्गाधनी पुर्जा

भूमिहीनलाई जग्गाधनी पुर्जा


बाँके । बाँकेको नरैनापुर गाउँपालिकाका भूमिहीनले जग्गाधनी प्रमाण पुर्जा पाएका छन् । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले गाउँब्लकमा रहेका भू्मिहीनलाई जग्गाधनी प्रमाण वितरण गरेकी हुन् ।

पालिकाको वडा नं ४ मा रहेको गाउँब्लकमा रहेका ७७ परिवारलाई शुक्रबार पुुर्जा वितरण गरिएको नापी कार्यालय बाँकेका नापी अधिकृत मिरा न्यौपानेले जानकारी दिइन् । पुर्जा पाएका भूमिहीनहरूले अब केही महिनाभित्रै जग्गा पाउने मन्त्री श्रेष्ठको भनाइ छ । नापी हुन बाँकी गाउँब्लकको नापी गर्नका लागि पनि प्रक्रिया अगाडि बढिसकेको उनले जानकारी दिइन् ।

त्यस्तै, नरैनापुरमा साउनभित्रै नापी र मालपोत कार्यालय राख्ने निर्णय भइसकेको मन्त्री श्रेष्ठले जानकारी दिइन् । साथै, सोही क्षेत्रमा इलाका प्रशासन कार्यालय राख्ने विषयमा पनि प्रक्रिया अघि बढेको उनको भनाइ छ ।

भूूमिहीन दलित, सुकुुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्नेगरी काम भइरहेको बताउँदै मन्त्री श्रेष्ठले मुक्तकमैया, हलिया, कमलरीहरूको समस्या समाधानका लागि आफू लागिपरेको बताइन् । कार्यक्रममा नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले नरैनापुरमा इलाका प्रशासन, नापी, मालपोत र भन्सार कार्यालय सञ्चालनका लागि पहल गरी दिन आग्रह गरेका थिए । पुर्जा वितरण कार्यक्रममा बाँके क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य सूर्य ढकाल, प्रदेश सभा सदस्य कृष्ण केसी नमुना, नरैनापुर १ का अध्यक्ष इसाक जोहाल, वडा नं ३ का अध्यक्ष अजय मिश्रा, वडा नं. ४ का अध्यक्ष मनोज शर्मा, जिन्सी शाखा प्रमुख भरत महतो, मन्त्रालयका प्रतिनिधि, नापी कार्यालयका कर्मचारीहरूको सहभागिता रहेको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया