कम्पनी रजिष्ट्रारको कार्यालयको बदमासी एउटै नाममा धेरै कम्पनी दर्ता
कम्पनी रजिस्ट्रारको कार्यालयले एउटै नाममा एकभन्दा बढी कम्पनी दर्ता गरेको पाइएको छ । कम्पनी ऐन २०६३ को दफा ६ (क) बमोजिम कुनै एक दर्ता भएको कम्पनीको नाम मिल्ने गरी अर्को नाम दर्ता गर्न पाइँदैन । तर, कार्यालयले यसको ख्यालै नगरी एउटै नाममा धेरै कम्पनी दर्ता गरिदिएको फेला परेको हो । त्यो पनि एउटा मात्र होइन धेरै कम्पनीका नाम एक–आपसमा मिल्ने गरेका छन् ।
कार्यालयले २०७७ मंसिर ३ गते (२०२० फेब्रुअरी १८)का दिन गोरखा नगरपालिका वडा नं. ६ गोर्खा ठेगाना भएको गण्डकी सिड्स प्रालि फेरि २०७८ भदौ १८ गते (२०२१ सेप्टेम्बर ३)मा व्यास नगरपालिका वडा नं. १ तनहुँमा दर्ता गरिदिएको छ । यी दुवै कम्पनीको दर्ता नम्बर फरक छन् । गोर्खाको गण्डकी सिड्स प्रालिको दर्ता नम्बर २४७५७८ छ भने तनहुँको गण्डकी सिड्स प्रालिको दर्ता नम्बर २७०४६७ छ । यही कम्पनीसँग नाम मिल्ने अर्को कम्पनी २०७० जेठ ८ गते नै दर्ता भएको थियो ।
यही नाममा अन्य दुई कम्पनी दर्ताका लागि प्रक्रियामा देखिएको छ ।
अर्को कम्पनी ओएसिस ट्रेडिङ प्रालि पनि दुई ठाउँमा फरक–फरक कम्पनीको रुपमा दर्ता छ । २०६५ असोज २६ (२००८ अक्टोबर २०) गते काठमाडौं महानगरपालिका वडा नं. ३ मा दर्ता भएको यो कम्पनी त्यसको छ वर्षपछि २०७२ कात्तिक २२ (२०१५ फेब्रुअरी ८) गते काठमाडौं महानगरपालिका वडा नं. ६ मा दर्ता भएको देखिन्छ । यी दुवै कम्पनीको दर्ता नम्बर पनि फरक–फरक छ । काठमाडौं महानगरपालिका वडा नं. ३ मा दर्ता भएको ओयसिस ट्रेडिङ्गको दर्ता नम्बर ५६८८३ छ भने वडा नं. ६ मा दर्ता भएको ओएसिस ट्रेडिङ्गको दर्ता नम्बर १४१५९८ छ । यी दुई कम्पनी त प्रतिनिधि उदाहरण मात्रै हुन् । कम्पनी रजिस्ट्रारमा यस्ता धेरै कम्पनी छन् जुन एउटै नाममा दुईभन्दा बढी व्यक्तिले छुट्टाछुट्टै ठाउँमा कम्पनी दर्ता गरेर सञ्चालन गरिरहेका छन् ।
कम्पनी ऐन २०६३ को दफा ६ (क) अनुसार प्रस्तवित कम्पनीको नाम अगाडि नै दर्ता भई कायम रहेको कम्पनीको नामसँग मिल्ने भएमा वा भ्रम सिर्जना हुन सक्नेगरी त्यस्तो कम्पनीको नामसँग मिल्दोजुल्दो हुनेभएमा कम्पनी दर्ता गर्न मिल्दैन । तर, कार्यालयका कर्मचारीले मिलेमतोमा कम्पनी दर्ता गरिदिएको देखिन्छ । किनभने अनलाइन प्रणाली लागू भइसकेपछि पनि एउटै नामको दुईभन्दा बढी कम्पनी दर्ता भएको छ । जब कि कम्पनीको नाम जुध्यो भने कम्पनी रजिस्ट्रारको कार्यालयको प्रणाली आफैँले अस्वीकृत गर्न सक्छ । तर, कर्मचारीले त्यसको लुपहोल खोज्दै बिचौलियामार्फत फाइदा उठाउने लालचमा एउटै नामका धेरै कम्पनी दर्ता गरिदिने गरेको आरोप स्रोतको छ । एउटै नाममा प्रणाली आफैँले दर्ता गर्न नदिने भएपछि हिज्जे बिगारेर कम्पनी दर्ता गरेको पाइएकोे छ ।
कम्पनी रजिस्ट्रारको कार्यालयले कम्पनी ऐेन २०६३ को दफा छ (क)लाई उल्लंघन गरी कसरी कम्पनी दर्ता गरिदिन सम्भव भयो ? कर्पोरेट क्षेत्र हेर्ने वकिलका अनुसार यसरी कम्पनी दर्ता गर्न सम्भव छैन । कर्मचारीको मिलेमतो नभईकन प्रणाली आफँैले नाम स्वीकृत गर्नै नसक्ने ती वकिलले बताए । यसरी कम्पनी दर्ता हुनुले कम्पनी रजिस्ट्रारका कर्मचारीले पैसा खाएर सेवाग्राहीले भनेकै नाममा कम्पनी दर्ता गरिदिएको आशंका गर्ने सुविधा छ । एउटै नाममा एकभन्दा धेरै कम्पनी दर्ता गरिदिँदा व्यवसायीलाई कम्पनीको ब्रान्ड बनाउन समस्या पर्छ । कम्पनीको नाम सञ्चालकको सम्पत्ति पनि हो । एउटै नामबाट धेरैले व्यापार गर्दा त्यसको कारोबारको जिम्मेवारी कसले लिने भन्ने समस्या आउँछ । एउटै प्रकृतिको व्यापार गर्न एउटै नामबाट खोलिएका कम्पनीमध्ये कुनै एकले बदमासी गर्दा अन्य कम्पनीको गुडविलमा असर पर्छ । यसमा जिम्मेवार बनाउन एउटै नामको कम्पनी दर्ता गर्न नदिने व्यवस्था गरिएको हो । तर, कम्पनी रजिस्ट्रारको कार्यालयका कर्मचारीले आर्थिक लाभका लागि ऐनको उल्लंघन गर्दै एउटै नाममा धेरै कम्पनी दर्ता गरिदिएको आरोप सेवाग्राहीको छ ।
कम्पनी रजिस्ट्रारको कार्यालयका उपरजिस्ट्रार एवं सूचना अधिकारी शेखरबाबु कार्कीले एउटै नाममा एकभन्दा बढी कम्पनी दर्ता गर्न प्रणालीले नै नदिने बताए । यदि दर्ता भएको भए अनलाइन प्रणाली सुरु नहुँदै दर्ता भएको हुनसक्ने बताए । तर, हामीलाई प्राप्त विवरणमा कार्यालयले अनलाइन प्रणाली लागू गरेपछि नै यसरी कम्पनी दर्ता भएको पाइएको हो । उपरजिस्ट्रार कार्कीले यदि कुनै गल्तीले एउटै नाममा एकभन्दा बढी कम्पनी दर्ता भएको थाहा भए पछिल्लो कम्पनीलाई नाम परिवर्तन गर्न लगाउने गरिएको बताए । उनले एउटै नाममा एकभन्दा बढी कम्पनी दर्ता गरेर कर्मचारीले कुनै आर्थिक लाभ लिन नसक्ने जिकिर पनि गरेका छन् । उनले प्राविधिक त्रुटिकै कारण नाम दोहोरिएको हुनसक्ने दाबी गरे ।
त्यसो त कम्पनी राजिष्ट्रारको कार्यालयमा बिचौलियाको जगजगी नै छ । काम छिटो गराउने नाममा हेर्नुपर्ने कागजात नहेर्ने र पैसाको लेनदेनमा कम्पनी दर्ता गर्ने प्रवृत्ति छ । कुनै पनि काम छिटो नहुने, लामो लाइनमा राख्नुपर्ने, बिचौलिया नलगाई आफैँ काम गर्न खोज्दा झन्झटिलो प्रक्रिया पूरा गर्नुपर्ने बाध्यता व्यवसायीलाई छ । यही कारण सजिलोका लागि बिचौलिया धाउनुपर्ने बाध्यता छ । यसको फाइदा त्यहाँ कार्यरत कर्मचारीले लिनेगरेका छन् । कम्पनी दर्ता मात्रै होइन, कम्पनी अद्यावधिकको प्रमाणपत्र लिन पनि धेरै दिन लाग्ने एक व्यवसायीले बताए ।
क्याटेगोरी : समाचार, सुलसुले
ट्याग : #Page 1
ताजा अपडेट
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
- छ वर्षमा पनि बनेन गजेन्द्रनारायण सिंह अस्पतालको भवन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया