काठमाडौं । पूर्वसभामुख एवम् नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराले नेपालमा सूचना प्रविधिको क्षेत्रमा तीव्र विकास भएको बताएका छन् । सञ्चारमन्त्रीसमेत भइसकेका महराले प्रविधिको विकासले नागरिकको जीवनशैलीलाई धेरै सहज बनाएको बताए ।
‘प्रविधिले विश्वलाई एउटा गाउँमा सीमित गरिदिएको छ’, उनले भने, ‘सूचना प्रविधिको विकासले विश्व एउटा गाउँमा परिणत भएको छ, यसले समय र खर्चलाई समेत घटाएको छ ।’ सोमबार संवाद डबलीले आयोजना गरेको ‘दूरसञ्चार विकास’सम्बन्धी कार्यक्रममा उनले १६ वर्ष पहिला आफू सञ्चारमन्त्री भएको बेलामा ‘घरघरमा इन्टरनेट, हातहातमा मोबाइल’ नारा तय गर्दा धेरैले विश्वास नगरेको बताए । ‘मैले १६ वर्ष पहिले सञ्चार मन्त्रालयको नेतृत्व गरेपछि सञ्चारमा क्रान्ति गर्न ‘घरघरमा इन्टरनेट, हातहातमा मोबाइल’ को लक्ष्य राखेको थिएँ’, उनले भने, ‘कतिपयले मलाई फोन गरेरै यो सम्भव छैन भन्नुभएको थियो । तर, अहिले त्योभन्दा पनि माथि पुगेको छ ।’ सरकारले सूचना प्रविधिलाई प्राथमिकतामा राखेर आफ्ना नीति तथा कार्यक्रममा समेटेको महराले बताए ।
कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले भौगोलिक अवस्थाका कारण नेपालका सबै क्षेत्रमा दूरसञ्चारको विकास हुन नसकेको बताए । इन्टरनेट सुपरहाइवे भएको बताउँदै खनालले सरकारको ‘डिजिटल नेपाल फ्रेमवर्क’ को लक्ष्य पूरा गर्नुपर्ने दायित्व सबै सरोकारवालाहरूको भएको बताए । त्यसैगरी अध्यक्ष खनालले उपभोक्ता पनि सचेत हुनुपर्ने बताउँदै सम्झौताअनुसारको सेवा नदिए प्राधिकरणमा जानकारी वा उजुरी गर्न आग्रह समेत गरे । सेवा प्रदायकलाई घच्घच्याउनसमेत उनले सेवाग्राहीसँग आग्रह गरे । उनले २०२३ सम्म नेपालका सबै क्षेत्रमा इन्टरनेटको पहुँच पु¥याइसक्ने लक्ष्य दिएको जानकारी गराए ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 8
ताजा अपडेट
- जिपि कोईराला फाउन्डेशन अमेरीकाद्वारा शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न
- खोज र अध्ययनले समृद्ध न्यायिक इतिहास निर्माण गर्न सकिन्छ : प्रधानन्यायाधीश
- माओवादी केन्द्रको सडक आन्दोलन,सरकार असफल भएको निष्कर्ष
- कोप–२९ मा हिमालदेखि समुद्रसम्मका विषय सशक्त रुपमा उठाइनेछ: प्रधानमन्त्री
- राजस्व कार्यालयद्वारा पहिलो तीन महिनामा लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन
- नेपालको वित्तीय अवस्था सन्तोषजनक छः गभर्नर अधिकारी
- कोप–२९ लाई अर्थपूर्ण बनाउन आज राष्ट्रिय जलवायु सम्मेलन हुँदै
- आसोजमा नौ हजार पर्यटक सगरमाथा क्षेत्र पुगे
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया