दोलखा,बैशाख ११
विश्वमा तीव्र रुपले फैलिरहेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि सरकारले गरेको लकडाउन एक महिना पुगेको छ । लकडाउन लामो समयसम्म भएको र अझै लम्बिन सक्ने भन्दै दोलखाका नागरिकहरु रातारात जिल्ला प्रवेश गरेका छन् । सरकारले केही दिनअघि अलपत्र परेका नागरिकलाई स्थानीय सरकारसँगको सहकार्यमा गाउँ पठाउन निर्देशन दिएसँगै दोलखाका स्थानीय तहले आफ्ना नागरिकलाई रातारात जिल्ला भित्र्याएका हुन् । दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक लगायतका जिल्लामा जाने नागरिकले सोमबार र मंगलबार राति राजधानीको कोटेश्वर र जडीबुटी क्षेत्र भीडले भरिएको थियो । स्थानीय तहसँगै जिल्लामा क्रियाशील राजनीतिक दलहरुले पनि नागरिकहरुलाई जिल्ला लगेका छन् ।
जिल्ला ट्राफिक कार्यालय चरीकोटका अनुसार दोलखामा बुधबार राति मात्र करिब दुई सय यात्रुवाहक सवारीसाधन भित्रिएका थिए । ट्राफिक प्रहरी कार्यालय दोलखा प्रमुख गोकर्ण नेपालले अनुसार लामोसाँघु–जिरी सडक हुँदै सोमबार, मंगलबार र बुधबार गरि तीन रातमा करिब २० हजार नागरिक जिल्ला भित्रिएको बताए । प्रत्येक बसमा करिब ३५ देखि ४० जना यात्रुले यात्रा गरेका थिए । साथै एक सयको हाराहारीमा यात्रुवाहक सवारी साधनहरु बीपी रार्जमार्गबाट खुर्कोट–मन्थली–तामाकोशी सडक हुँदै जिल्ला भित्रिएको ट्राफिक प्रहरीले जनाएको छ । जिल्लाको बैतेश्वर गाउँपालिकाले मात्र मंगलबार र बुधबार गरी २१ वटा बसको व्यवस्था गरेर आठ सय जना नागरिकलाई जिल्ला ल्याएको बैतेश्वर गाउँ कार्यपालिका सदस्य देवराज खत्रीले जानकारी दिए ।
गाउँपालिकाले कोरोना रोकथाम तथा उपचारको लागि खडा गरेको ५० लाखको आर्थिक कोष बाट सवारी र यात्रुको बिल भर्पाइ गर्ने जनाएको छ। त्यसैगरी मैनापोखरी हुँदै जिरीको लागि ५० भन्दा बढी सवारी जिरी गएको इलाका प्रहरी कार्यालय मैनापोखरिले जनाएको छ । त्यसैगरी कालिञ्चोक, बिगु र गौरीशंकर गाउँपालिका एक सयभन्दा बढी यात्रुवाहक बसमा मान्छे भित्रिएको ट्राफिक प्रहरी कार्यालय चरीकोटले जनाएको छ । काठमाडौंबाट जिल्ला ल्याएका सबै यात्रुको बिल भर्पाइ आफ्नो क्षेत्रका स्थानीयतहले व्यहोर्ने बताएका छन् ।
साथै राजधानीबाट लगिएका मान्छेहरुलाई होम क्वारेन्टाइनमा राख्ने स्थानीय तहका जनप्रतिधिले बताएका छन् । उनीहरु होम क्वारेन्टाइनमा नबसी अन्यत्र हिँडेको देखेमा स्थानीय तहले बताएको क्वारेन्टाइनमा राखिने बताएका छन् । त्यसैगरी तीन दिनको अवधिमा करिब पाँच सय बाहिरी जिल्लाका मजदुरले दोलखा छाडेका छन् । जिल्ला प्रशासन कार्यालय दोलखाअनुसार पाँच सय मजदुर लिएर ३० वटा बस दोलखाबाट बाहिरी जिल्लाको लागी छुटेका छन् । अन्य जिल्लाबाट रोजगारीका लागि दोलखा आएका र लकडाउनका कारण समस्यामा परेका मजदुरको उद्धार गरेर पठाएको जिल्ला प्रशासन कार्यालय चरीकोट जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- विकास बैंकहरूको चुक्ता पुँजी ४२ अर्ब नाघ्यो
- कोषमा नपुगी मारवाडीबाट बाहिरियो मन्त्रालयको पत्र
- नेपालले मौसमी सङ्कटको सामना गरिरहेको छ: परराष्ट्रमन्त्री
- ‘वीरगञ्ज नाकाबाट हुने आयात लयमा फर्कियो, व्यापार र उद्योग अझै फर्किएन’
- शेयर बजारमा सामान्य बृद्धि
- ‘हरेक प्रदेशको आफ्नै प्रहरी सङ्गठन हुनुपर्छ’
- बालुवाटारमा तीन दलका शीर्ष नेताको बैठक सुरु
- नाइजेरियामा इन्धन ट्याङ्कर विस्फोटमा एक सय ४० भन्दा बढीको मृत्यु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया