Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेत्रज्योति संघ र ललितपुर महानगरबीच सम्झौता

नेत्रज्योति संघ र ललितपुर महानगरबीच सम्झौता


काठमाडौं । नेपाल नेत्रज्योति संघ र ललितपुर महानगरपालिकाबीच जेष्ठ नागरिक र अपाङ्गता भएकाहरूको निःशुल्क आँखा उपचार गर्नेसम्बन्धी सम्झौता भएको छ । महानगरपालिकामा आयोजित कार्यक्रमकाबीच मंगलबार महानगरले संघसहित विभिन्न स्वास्थ्य सरोकारवाला संस्थासँग उपचारसम्बन्धी सम्झौता गरेको छ ।

नेपाल नेत्रज्योति संघको तर्फबाट महासचिव भरतबहादुर चन्द र कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्रले र महानगरपालिकाको तर्फबाट प्रमुख चिरिबाबु महर्जन र प्रमुख कार्यकारी अधिकृत गणेश अर्यालले हस्ताक्षर गरे ।

महानगरपालिकाले विभिन्न संघसंस्थासँगको सहकार्यमा ज्येष्ठ नागरिकको निःशुल्क उपचार गराउने नीति लिएको छ । जसअनुसार नगरभित्रका जेष्ठ नागरिक र अपाङ्गता भएका नागरिकको घरघरमै गएर स्वास्थ्य परीक्षण गरिने भएको छ । महानगरको कार्यक्रममा आँखा जाँच तथा उपचारमा महानगरलाई प्राविधिक सहयोग गर्ने संघका कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्रले बताए ।

सम्झौैता हस्ताक्षर कार्यक्रममा महानगर प्रमुख महर्जनले शारीरिक असक्तता र विभिन्न बाध्यताले अस्पतालसम्म पुग्न नसकेका जेष्ठ नागरिक र अपाङ्गता भएका नागरिकलाई घरघरमै गएर उपचार गर्ने योजनामा रहेको बताए ।

कार्यक्रममा संघका महासचिव भरतबहादुर चन्दले पैसाको अभावमा आँखाको उपचारबाट कोही पनि बञ्चित नहून् भन्ने उद्देश्यले देशभर विभिन्न सञ्चालन गरिरहेको बताए । संघले हाल देशभरमा २७ वटा आँखा अस्पताल तथा एक सय ५४ आँखा उपचार केन्द्र र ४४ वटा जिल्ला शाखामार्फत नागरिकहरूलाई गुणस्तरीय आँखा उपचार सेवा प्रवाह गर्दै आएको छ । सम्झौता हस्ताक्षर कार्यक्रममा संघका कोषाध्यक्ष द्रोणप्रसाद गुराँगाई, महानगरका विभिन्न वडाका वडाध्यक्ष एवम् विभिन्न संघ संस्थाका प्रतिनिधिको समेत उपस्थिति थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #page 3

तपाईको प्रतिक्रिया