Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारहवाइ सेवा बन्द हुँदा औषधि काठमाडौँमै रोकियो

हवाइ सेवा बन्द हुँदा औषधि काठमाडौँमै रोकियो


महेन्द्र शाही

सोलुखुम्बु,बैशाख ११
लकडाउनका कारण सोलुखुम्बुको खुम्बु क्षेत्रमा आवश्यक करिब ७ लाखबराबरको स्वास्थ्य सामग्री काठमाडौँमा नै रोकिएको छ । लकडाउनले हवाइ सेवा बन्द हुँदा खुम्बु पासङ ल्हामु गाउँपालिकाले खरिद गरेको मास्क, पञ्जा, सेनिटाइजर, पीपीई सेट, औषधिलगायतका सामग्री काठमाडौँमा थन्किएको गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत विनोद भट्टराईले जानकारी दिए ।

उनका अनुसार गाउँपालिकामा अहिले औषधिलगायतका कोरोना सुरक्षा स्वास्थ्य सामग्रीहरू अभाव रहेको छ । पालिकाको सबै वडामा मास्क, सेनिटाइजर, पीपीईलगायत अन्य औषधिहरू समेत सटेज हुनथालेको उनको भनाइ छ । लकडाउनअघि काठमाडौमा सामग्री अभाव भएकाले त्यसपछि खरिद गरिएका कुनै पनि सामग्री ढुवानी गर्न नसकिएको उनले बताए । खुम्बुमा ढुवानीको एक मात्र सजिलो विकल्प हवाइ मार्ग नै हो । तर, लकडाउनसँगै देशभरको हवाइ सेवा बन्द हुँदा खाद्यन्नसहित स्वास्थ्य सामाग्रीहरू ढुवानी गर्न नसकिएको प्रमुख प्रसाशकीय अधिकृत भट्टराईले बताए । यसैबीच खुम्बपासङ ल्हमु गाउँपालिका १ खरिखोलाबाट खुम्बु भित्रिने व्याक्तीहरू बढेको स्थानीयले बताएका छन् ।

खरिखोला प्रहरी चौकीमा सुरक्षाकर्मीको संख्या कम हुदा विभिन्न नाका हँुदै गाउँपालिका भित्रिने क्रम बढेको गाउँपालिका प्रवक्ता ल्हाक्पाछिरी शेर्पाले जानकारी दिए । ११ जनाको दरबन्दी रहेको खरिखोला प्रहरी चौकीमा अहिले ५ जना मात्रै प्रहरी हुँदा नाकाहरूमा कडाइ गर्न नसकिएको बताइएको छ । सिमिति प्रहरी भएकाले सीमामा कडाइ गर्न नसकिएको शेर्पाको भनाइ छ । रातारात खुम्बु भित्रिने व्याक्तिहरू बढेसँगै संक्रमण फैलिनसक्ने त्रास उत्पन्न भएको स्थानीय जांमु शेर्पाको भनाइ छ । नाकामा कडाइ गर्न दरबन्दीअनुसार प्रहरी व्यवस्थापन गरिदिन गाउँपालिकाले जिल्ला प्रसाशन कार्यालयलाई पत्राचारसमेत गरेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x