Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकाठमाडौंका सबै कोरोना संक्रमित डिस्चार्ज संक्रमितको संख्या ४८ पुग्यो

काठमाडौंका सबै कोरोना संक्रमित डिस्चार्ज संक्रमितको संख्या ४८ पुग्यो


काठमाडौं,बैशाख १२

काठमाडौं उपत्यकामा कोरोना संक्रमित भएर अस्पताल भर्ना भएका सबै बिरामी निको भएर डिस्चार्ज भएका छन् । बिहीबार ललितपुरको पाटन अस्पतालबाट दुई जना डिस्चार्ज भएका छन् । पेप्सीकोलाको सनसिटी अपार्टमेन्टमा बसोबास गर्ने ५८ वर्षीय पुरुष र ८१ वर्षीय महिला डिस्चार्ज भएका हुन् ।

यस्तै, बिहीबार नै कैलालीको लम्कीचुहा नगरपालिका–१ की एक महिला पनि कोरोना नेगेटिभ देखिएपछि डिस्चार्ज भएकी छिन् । लगातार दुई पटकको परीक्षणमा नेगेटिभ देखिएपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।

बुधबार काठमाडौंको टेकु अस्पतालबाट एक जना र धनगढीको सेती अस्पतालबाट एक जना गरी दुई डिस्चार्ज भएका थिए । यसअघि धनगढीबाटै दुई जना, काठमाडौंबाट दुई जना र बागलुङबाट एक जना डिस्चार्ज भएका थिए ।

काठमाडौंमा बिरामी नदेखिएपछि लकडाउनलाई केही खुकुलो पार्ने आशा सर्वसाधारणले गरेका छन् । काठमाडौंमा विकास निर्माणको काम पनि क्रमशः अगाडि बढिरहेको छ । संक्रमण नदेखिएमा केही निश्चित शर्तमा केही भूभागलाई क्रमशः खोल्दै जाने योजना सरकारले बनाएको छ ।

काठमाडौं उपत्यकामा कोरोना संक्रमित नभेटिए पनि बिहीबार साँझ भोजपुरका एक युवामा कोरोना पोजेटिभ देखिएको छ । उनी गत फागुनमा साउदी अरबबाट नेपाल आएको बताइएको छ ।

उदयपुर र सर्लाहीको धनकौल गाउँपालिका–५मा थप एक÷एक जनामा कोरोना भाइरस कोभिड–१९ का संक्रमित भएको फेला परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा उदयपुरमा ५५ वर्षीय महिला र सर्लाहीमा १४ वर्षीय एक बालकमा कोरोना पोजेटिभ देखिएको हो । ती बालक केही दिनअगाडि भारतबाट आफ्नो घर नेपाल आएका थिए ।

बिहीबार दुई जना थप भएपछि नेपालमा कोरोना संक्रमितको संख्या ४७ पुगेको छ । बिहीबार कोरोना संक्रमितको संख्या ४७ पुगेकै दिन तीन जना कोरोनाबाट मुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका हुन् । कोरोनाको संक्रमण नदेखिएका ठाउँहरुमा पनि लकडाउन जारी राख्दा जनजीवन थप प्रभावित बन्नपुगेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x