कतारसहित विदेशका जेलमा पाँच सय ४५ जना नेपाली कतारको जेलबाट १७ रिहा हुने
काठमाडौं,बैशाख १२
नोवल कोरोना भाइरस (कोभिड १९) का कारण विश्वले नै असहज परिस्थिति भोगिरहेको समयमा कतारले भने जेलमा रहेका कैदीबन्दीहरुको स्वास्थ्य सुरक्षामा चासो दिएको छ । कैदीबन्दीहरुको स्वास्थ्य सुरक्षामा चासो दिएसँगै कतारका राजा शेख तमिम बिन हमाद अल थानीले कतारको जेलमा रहेका कैदीहरुलाई आममाफी दिने घोषणा गरेको दोहास्थित नेपाली दूतावासले जनाएको छ ।
दूतावासका अनुसार कोरोना भाइरसको कारण कैदीहरुको स्वास्थ्य र मानवीय अवस्थालाई ध्यानमा राखी कतार सरकारले कैदीहरुलाई आममाफी दिने घोषणा गरेको हो ।सोसँगै कतारको जेलमा रहेका १७ जना नेपालीहरु रिहा हुने भएका छन् । दूतावासका अनुसार रिहा हुनेमा १३ जना लागूऔषध कारोबारजन्य, दुई जना चोरी, एक जना मादक पदार्थ कारोबार र अर्का एक जना ठगीको कसुरमा सजाय भुक्तान गरिरहेका नेपालीहरु रहेका छन् ।
वैदेशिक रोजगार बोर्डका अनुसार कतारको जेलमा ३५ जना नेपाली रहेका छन् भने जेलमा रहेका सबै जना पुरुष हुन् । बोर्डले कतारसहित अन्य सातवटा मुलुकका जेलमा पाँच सय ४५ जना नेपालीहरु रहेका बताउँदै आएको छ । तीमध्ये १९ जना महिला र पाँच सय २६ जना पुरुष हुन् ।
वैदेशिक रोजगारीमा गएका ती युवाहरु विभिन्न अपराधमा संलग्न भएको आरोपमा जेलमा परेका हुन् । नेपालीहरु मादक पदार्थ सेवन गरी आफूहरुबीच झै झगडा गरेको देखि हत्या, हिंसा र लागूपदार्थ ओसारपसारमा जस्ता गम्भीर अपराधमा संलग्न रहेको आरोपमा जेल पर्ने गरेका छन् ।
बोर्डका अनुसार यसरी विभिन्न अपराधमा जेलमा पर्ने नेपालीहरुमा कुवेतमा तीन महिला र ५५ पुरुष गरी ५८ जना, संयुक्त अरब इमिरेटसमा १२ महिला र एक सय ७३ जना पुरुष गरी एक सय ८५ जना, मलेसियामा दुई जना महिला र दुई सय तीन जना पुरुष गरी दुई सय पाँच जना रहेका छन् ।
यस्तै ओमनमा दुई महिला र एक पुरुष गरी तीन जना, साउदी अरब जेद्दामा ३१ जना पुरुष र रियादमा २३ जना पुरुष गरी ५४ जना, कतारमा ३५ जना पुरुष र बहराइनमा पाँच जना पुरुष जेलमा रहेका छन् । जेल जीवन बिताइरहेका नेपालीहरुलाई ब्लड मनिमार्फत छुटाउन सक्ने भए पनि सरकारले हालसम्म त्यसलाई चासो दिएको पाइँदैन ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- नेपालले मौसमी सङ्कटको सामना गरिरहेको छ: परराष्ट्रमन्त्री
- ‘वीरगञ्ज नाकाबाट हुने आयात लयमा फर्कियो, व्यापार र उद्योग अझै फर्किएन’
- शेयर बजारमा सामान्य बृद्धि
- ‘हरेक प्रदेशको आफ्नै प्रहरी सङ्गठन हुनुपर्छ’
- बालुवाटारमा तीन दलका शीर्ष नेताको बैठक सुरु
- नाइजेरियामा इन्धन ट्याङ्कर विस्फोटमा एक सय ४० भन्दा बढीको मृत्यु
- अक्सफोर्ड विश्वविद्यालयको प्रमुख बन्न ३८ उम्मेदवार प्रतिस्पर्धामा
- पूर्वी टर्कीमा ५.९ म्याग्निच्युडको भूकम्प
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया