Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपार्टी प्यालेस तथा क्याट्रिङ व्यवसायी संघको अध्यक्षमा शर्मा

पार्टी प्यालेस तथा क्याट्रिङ व्यवसायी संघको अध्यक्षमा शर्मा


काठमाडौं । पार्टी प्यालेस तथा क्याट्रिङ व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमिति चयन भएको छ । शनिबार काठमाडौंमा आयोजित संघको दशौँ साधारणसभा तथा छैटौँ अधिवेशनबाट उत्तमप्रकाश शर्माकोे अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।

साधारणसभाले वरिष्ठ उपाध्यक्षमा शिवभक्त रञ्जित, उपाध्यक्षमा सर्वज्ञमुनि तुलाधर र मञ्जयप्रकाश श्रेष्ठ, महासचिवमा हरि पुडासैनी, सचिवमा द्वारिका प्याकुरेल, कोषाध्यक्षमा सुवास रिमाल, सदस्यमा सीता केसी, कमला श्रेष्ठ, नरेन्द्र पराजुली, राजाराम थापा, अमृत मानन्धर, रविन्द्र महर्जन, प्रज्वल बज्राचार्य र टकी शेर्पालाई चयन गरेको हो ।

विगत ११ वर्षदेखि सञ्चालनमा रहेको संघमा दुई सयभन्दा बढी पार्टी प्यालेस र ४५ वटा क्याटरिङ व्यवसायी सहभागी भएको नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघका प्रवक्ता कृष्णप्रसाद पाण्डेले जानकारी दिए ।

शनिबार आयोजित साधारणसभाको उद्घाटन अर्थमन्त्री डा प्रकाशशरण महतले गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले अर्थतन्त्रमा देखिएको शिथिलताबाट बाहिर निस्कन सरकारले प्रयास गरिरहेको बताए । उनले पार्टी प्यालेस व्यवसाय सर्वसाधारणको आवश्यकता मात्र नभई स्वास्थ्यसँग समेत जोडिएकाले गुणस्तरीय सेवामा ध्यान दिन आग्रह गरे । पछिल्लो समय पार्टी प्यालेस व्यवसायको सङ्ख्या बढ्दै गएकाले अस्वस्थ्य प्रतिस्पर्धा हुन सक्ने भन्दै नियमन गर्न संघलाई आग्रह गरे ।

पार्टी प्यालेस व्यवसायमा कुनै समस्या भए आफू छलफल गरी समाधान गर्न तयार भएको बताए । कार्यक्रममा पार्टी प्यालेस व्यवसायीले पछिल्लो समय बढ्दै गएको प्रतिस्पर्धा, गुणस्तर र शुल्कमा एकरूपता ल्याउन चुनौतीपूर्ण रहेको बताए । पार्टी प्यालेस पूर्णरूपमा कृषि उत्पादन खपत गर्ने व्यवसाय भएकाले करमा विशेष छुट हुनुपर्ने व्यवसायीको माग छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया