Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधराजेन्द्र सिंहको ‘इन्ट्रोडक्सन टु टेक्सटाइल केमिस्ट्री’

राजेन्द्र सिंहको ‘इन्ट्रोडक्सन टु टेक्सटाइल केमिस्ट्री’


राजेन्द्र सिंहद्वारा लिखित पुस्तक ‘इन्ट्रोडक्सन टु टेक्सटाइल केमिस्ट्री’ विमोचन भएको छ । नमुना कलेज अफ फेसन टेक्नोलोजीमा सिंहले लेखेको पुस्तक विमोचन भएको हो । सिंह सोही कलेजको टेक्स्टाइल, गार्मेन्ट टेक्नोलोजी र मर्चेन्डाइजिङ विभागका प्रमुख हुन् । पुस्तकको विमोचन नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद सलाहुद्दिन नोमान चौधरी र कलेजका प्रधानाध्यापक ज्ञानी शोभा तुलाधरले गरेका हुन् ।

पुस्तक नेपालको टेक्सटाइल शिक्षा र उद्योगमा कोशेढुंगा सावित हुने सहभागीहरूले बताए । पुस्तकले विद्यार्थीको भविष्य र देशको कपडा उद्योगलाई थप मजबुद बनाउन सघाउने बताइएको छ । पुस्तकमा टेक्सटाइल क्षेत्रको जटिल प्रक्रिया र विधिको गहिरो विश्लेषण गरिएको छ । कार्यक्रममा राजदूत चौधरीले नेपालको कपडा उद्योगमा नवप्रवर्तन र प्रगतिलाई पुस्तकले जोड दिएकाले यस क्षेत्रका पेसेवरका लागि महत्वपूर्ण हुने बताए ।

कार्यक्रममा लेखक राजेन्द्र सिंहले पुस्तक लेख्ने क्रममा भोगेका अनुभव र चुनौतीहरू सुनाएका थिए । कार्यक्रममा प्रतिष्ठित उद्योगी, व्यापारी, निकासीकर्ता, कलेजका सल्लाहकार समितिका सदस्यहरू, प्राध्यापक, कर्मचारी र विद्यार्थीहरूको उपस्थिति थियो ।

No description available.

No description available.


क्याटेगोरी : बिबिध, समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया