Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकुुल विदेशी मुुद्रा सञ्चिति ११ खर्ब ३६ अर्ब आठ महिना आठ दिनको आयात धानिने

कुुल विदेशी मुुद्रा सञ्चिति ११ खर्ब ३६ अर्ब आठ महिना आठ दिनको आयात धानिने


काठमाडौं,बैशाख १४

विदेशी मुुद्राको सञ्चिति बढेको छ । नेपाल राष्ट्र बंैकको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्था सम्वन्धी पछिल्लो आठ महिनाको प्रतिवेदनअनुसार २०७६ असार मसान्तमा १० खर्ब ३८ अर्ब ९२ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति नौ दशमलव चार प्रतिशतले बढेर २०७६ फागुन मसान्तमा ११ खर्ब ३६ अर्ब ५१ करोड रुपैयाँबराबर पुगेको हो ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा यस्तो सञ्चिति २०७६ असार मसान्तमा नौ अर्ब ५० करोड रहेकोमा २०७६ फागुन मसान्तमा नौ अर्ब ६० करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७६ असार मसान्तमा नौ खर्ब दुई अर्ब ४४ करोड रहेकोमा २०७६ फागुन मसान्तमा नौ खर्ब ८३ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बंैकबाहेकको बैंक तथा वित्तीय संस्थाहरुसँग रहेको विदेशी विनिमय सञ्चिति २०७६ असार मसान्तमा एक खर्ब ३६ अर्ब ४७ करोड रहेकोमा २०७६ फागुन मसान्तमा एक खर्ब ५२ अर्ब ९६ करोड पुगेको छ ।

२०७६ फागुन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ दशमलव तीन प्रतिशत रहेको छ ।चालू आवको आठ महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १० महिनाको वस्तु आयात र आठ महिना आठ दिनको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ, राष्ट्र बैंकले भनेको छ । समीक्षा अवधिमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३२ दशमलव आठ प्रतिशत, ७३ दशमलव एक प्रतिशत र २९ दशमलव छ प्रतिशत रहेका छन् ।

२०७६ असार मसान्तमा यी अनुपातहरु क्रमशः ३० प्रतिशत, ६४ दशमलव नौ प्रतिशत र २९ प्रतिशत रहेका थिए ।राष्ट्र बंैकका अनुसार अन्तर्राष्ट्रिय बजारमा २०७५ फागुनमसान्तमा प्रतिब्यारेल अमेरिकी डलर ६६.१८ रहेको कच्चा पेट्रोलियम पदार्थको मूल्य २०७६ फागुन मसान्तमा ५० दशमलव एक प्रतिशतले घटी प्रतिब्यारेल अमेरिकी डलर ३३ कायम रहेको छ ।

त्यसैगरी, अन्तर्राष्ट्रिय बजारमा २०७५ फागुनमसान्तमा प्रतिआउन्स सुनको मूल्य अमेरिकी डलर १२९५.५५ रहेकोमा २०७६ फागुन मसान्तमा २० दशमलव छ प्रतिशतले वृद्धि भई अमेरिकी डलर १५६२.८० पुगेको छ । यसैगरी २०७६ असार मसान्तको तुलनामा २०७६ फागुन मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ सात दशमलव सात प्रतिशतले अवमूल्यन भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ एक दशमलव पाँच प्रतिशतले अवमूल्यन भएको थियो । २०७६ फागुन मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर एक सय १८ रुपैयाँ ४४ पैसा पुुगेको छ । २०७६ असार मसान्तमा उक्त विनिमय दर एक सय नौ रुपैयाँ ३६ पैसा रहेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x