२० करोडको लागतमा सोलुखुम्बुमा सडक स्तरोन्नतिका लागि काम सुरु हुने
महेन्द्र शाही
सोलुखुम्बु,बैशाख १४
सोलुखुम्बुमा प्रदेश १ सरकारवाट विभिन्न योजनामा २० करोड रकमको काम हुने क्रममा रहेको छ । स्थानीयको माग बमोजिम प्रदेश १ सरकारसँग समन्वय गरी प्रदेश सांसदहरूले सो रकमको बजेट बिनियोजनमा भूमिका खेलेका हुन् । २० करोडबराबरको कामका लागि सबै योजना ठेक्का प्रक्रियामा रहेको छ ।
सोलुदुधकुण्ड नगरपालिका ८ केरुङको बाघखोर सिसाखोला मेराङ्दिङ हुँदै सल्लेरी च्याल्सा विद्युत् कम्पनीको पावर हाउससम्मको सडक स्तरेन्नतिका लागि ५ करोड रकमको बहुवर्षे ठेक्का खुलेको छ । यसअघि रातो किताबमा एक करोड रकम रहेकोमा चार करोड थप गरिएको सोलुखुम्बु क्षेत्र नम्बर ‘ख’का सदस्य एवं नेकपा प्रदेश १ संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले जानकारी दिए ।
यस्तै सल्लेरी, सिलगुडी, डाँडा, महभिर, काँकु, बासा, ठूल्ढुङ्गा, अँधेरी हुँदै खुम्बुपासाङल्हामु गाउँपालिका सडक स्तरोन्नतिका लागि पनि रातो किताबमा भएका एक करोड रकममा ४ करोड थप गरी ठेक्का प्रक्रियामा रहेको बताइएको छ । नेलेवाट थुलुङ दुधकोशी गाउँपालिका कार्यालय जाने सडक स्तरोन्नतिका लागि रातो किताबमा रहेको दुई करोड रकममा तीन करोड रकम थप गरी पाँच करोड रकमको ठेक्का प्रक्रियामा रहेको सांसद राजभण्डारीले जानकारी दिए ।
यता सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ११ तिङ्लादेखि सल्यानको महेन्द्रोद्वय माध्यमिक विद्यालय हुँदै नेचासल्यान वडा नम्बर ५ विहीबारे सडक स्तरोन्नतिका लागि पाँच करोड रकमको ठेक्का प्रक्रियामा रहेको बताइएको छ । यस योजनाका लागि पनि सुरुमा रातो किताबमा दुई करोड रकम रहेकोमा तीन करोड थप गरी पाँच करोड बनाइएको छ ।
सडक स्तरोन्नतिका यी सबै योजनाहरू बहु वर्षे योजना रहेको प्रदेश १ सरकारको कार्यालयले जनाएको छ । सुरुवातमा रातो किताबमा सम्बन्धित योजनाका लागि कुल छ करोड रकम बिनियोजन भएकोमा प्रदेश १ सरकारसँग आवश्यक समन्वय गरी १४ करोड रकम थप गर्न सफल भएको सांसद राजभण्डारीको भनाइ छ ।
जिल्लाको विकासका लागि आफ्नो पहल जारी रहेकको भन्दै उनले रकम ल्याउन सफल भएको बताए । यो रकमले जिल्लाको विकासमा ठूलो सहयोग पु¥याउने उनले दाबी गरे । यो रकमको सदुपयोग गर्नु पर्नेमा पनि उनले जोड दिएका छन् । यसमा स्थानीयले पनि खबरदारी गर्नुपर्ने बताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- कोषमा नपुगी मारवाडीबाट बाहिरियो मन्त्रालयको पत्र
- नेपालले मौसमी सङ्कटको सामना गरिरहेको छ: परराष्ट्रमन्त्री
- ‘वीरगञ्ज नाकाबाट हुने आयात लयमा फर्कियो, व्यापार र उद्योग अझै फर्किएन’
- शेयर बजारमा सामान्य बृद्धि
- ‘हरेक प्रदेशको आफ्नै प्रहरी सङ्गठन हुनुपर्छ’
- बालुवाटारमा तीन दलका शीर्ष नेताको बैठक सुरु
- नाइजेरियामा इन्धन ट्याङ्कर विस्फोटमा एक सय ४० भन्दा बढीको मृत्यु
- अक्सफोर्ड विश्वविद्यालयको प्रमुख बन्न ३८ उम्मेदवार प्रतिस्पर्धामा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया