प्रधानमन्त्रीपत्नी सीताको हिन्दु संस्कारअनुसार किरिया नहुने
काठमाडौं । गते बुधबार बिहान निधन भएकी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको हिन्दु संस्कार र परम्पराअनुसार किरिया नहुने भएको छ । यद्यपि उनको बुधबार हिन्दु संस्कार र परम्पराअनुसार दाहसंस्कार गरिएको थियो ।
थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा ६९ वर्षको उमेरमा बुधबार बिहान ८ बजेर ३३ मिनेटमा सीताको निधन भएको थियो ।
सीता पार्किन्सन रोगका कारण लामो समयदेखि अस्वस्थ थिइन् । उनको स्वास्थ्यमा समस्या देखिएपछि बुधबार बिहानै नर्भिक अस्पताल भर्ना गरिएको थियो । सीता माओवादी केन्द्रको सल्लाहकार थिइन् । सीताको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालयमा राखेर पशुपति लगिएको थियो ।
राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको सिताको पार्थिव शरीरमा प्रधानमन्त्री प्रचण्डले दागबत्ती दिएका थिए । प्रधानमन्त्रीको साथमा छोरीहरू रेणु र गङ्गा दाहालले सीताको पार्थिव शरीरमा दागबत्ती दिएका थिए ।
प्रधानमन्त्री प्रचण्ड बुधबारदेखि नै शोकमा बस्नेछन् । पत्नीवियोगमा रहेका प्रधानमन्त्री प्रचण्ड बुधबार, बिहीबार र शुक्रबार शोकमा बसेर शनिबार ३० गतेदेखि नियमित काममा फर्कने बताइएको छ । एक दिन शोकसभा गरेर किरिया सक्ने योजना प्रधानमन्त्री परिवारको छ । सातौँ दिनमा शोकसभा गर्ने तयारी भएको छ । प्रधानमन्त्री प्रचण्डका छोरा प्रकाशको निधन हुँदा पनि १३ दिनसम्म किरिया गरिएको थिएन ।
क्याटेगोरी : बिबिध, समाचार
ट्याग : #page 2
ताजा अपडेट
- सानीमा बैंकको शाखा काठमाडौंको थलीमा
- मोरङ ट्राफिकको कार्यशैली विवादित
- खल्तीका ग्राहकको गोपनीयतामाथि गम्भीर खेलबाड
- कर्णाली डेभलपमेन्ट बैंकमा समस्या
- यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
- बाँसझ्याङमा सात क्विन्टल लसुन भेटियो
- एमाले लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरी पार्टी सदस्यबाट निलम्बित
- अदालतले पक्राउ पुर्जी जारी गरेका प्रहरी (इन्स्पेक्टर) १ बर्ष देखि कार्यरत रहेको खुलासा !
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया