Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारएनएलजी इन्स्योरेन्सको विशेष साधारणसभा

एनएलजी इन्स्योरेन्सको विशेष साधारणसभा


काठमाडौं  । एनएलजी इन्स्योरेन्स कम्पनीले विशेष साधारणसभा बोलाएको छ । यही साउन १५ गते काठमाडौंस्थित आम्रपाली बैंक्वेटमा विशेष साधारणसभा बोलाएको कम्पनीले जनाएको छ ।

सभामार्फत कम्पनीले हाल कायम रहेको चुक्ता पुँजी एक अर्ब ४५ करोड ९२ लाख ७५ हजार सात सय ९० रुपैयाँमध्येबाट १० बराबर छ दशमलव छ अर्थात् १०ः६.६ को अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।

हकप्रद सेयर जारी गरेपश्चात कम्पनीको चुक्ता पुँजी दुई अर्ब ४२ करोड २३ लाख ९७ हजार आठ सय १२ रुपैयाँ पुग्नेछ । विशेष साधारणसभासम्बन्धी प्रयोजनको लागि कम्पनीको यही साउन आठ गते सेयर दर्ता किताब बन्द हुने भएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया