काठमाडौं । उज्यालो भविष्य संस्थाले आफ्नो स्थापनाको १० औँ वार्षिकोत्सव मनाएको छ । संस्थाले राजधानीमा शनिबार सामाजिक क्षेत्रमा काम गर्ने विभिन्न व्यक्तिलाई सम्मान गर्दै वार्षिकोत्सव मनाएको हो ।
संस्थाले बेवारिसे लास व्यवस्थापन गर्दै आएकी सपना रोक्का मगर, विभिन्न विद्यालयमा पढ्ने गरिब जेहेन्दार विद्यार्थीलाई पढ्न छात्रवृत्ति उपलब्ध गराउँदै आएकी समाजसेवी शारदा उप्रेती, पूर्वएआईजी धिरु बस्न्यात, लक्ष्मण गुमाजु, शान्ति श्रेष्ठलगायतलाई सम्मान गरेको छ । उनीहरूलाई कार्यक्रममा प्रमुख अतिथि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले दोसल्ला ओढाई सम्मानपत्र प्रदान गरेका थिए ।
कार्यक्रममा मन्त्री गुरुङले समाजसेवा निःस्वार्थ भावनाबाट हुनुपर्ने बताए । समाजसेवाको नाममा चन्दा असुली गर्ने प्रवृत्ति बढेको उल्लेख गर्दै उनले यसलाई न्युनीकरण गर्न सबैले जोड दिनुपर्ने बताए । संस्थाका अध्यक्ष राजन बस्नेतले सडक मानव व्यवस्थापनमा आफूहरूको सहयोग रहँदै आएको बताए । उनले महिला तथा बालबालिकाको क्षेत्रमा संस्थाले काम गर्दै आएको बताए । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी, नेपाली कांग्रेस दोलखाका पार्टी सभापति वर्मा लामा, भीमेश्वर नगरपालिकाका मेयर ईश्वरनारायण मानन्धरलगायतले आफ्नो धारणा राखेका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #page 3
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया