राजर्षिजनक विश्वविद्यालयको उपकुलपतिमा यादव
काठमाडौं । राजर्षिजनक विश्वविद्यालयका उपकुलपतिमा प्राडा अमरप्रसाद यादव नियुक्त भएका छन् । सिफारिस समितिले गरेको सिफारिसका आधारमा विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहालले यादवलाई उपकुलपतिमा नियुक्त गरेका हुन् ।
खुला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्ति गर्नका लागि राष्ट्रिय योजना आयोगका सदस्य डा रामकुमार फुयाँलको संयोजकत्वमा सिफारिस समिति गठन गरिएको थियो । समितिमा खुला विश्वविद्यालयकी उपकुलपति प्राडा शिलु मानन्धर र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदी सदस्य थिए । विश्वविद्यालयका कुलपति नियुक्तिमा पहिलोपटक स्वच्छ प्रतिष्पर्धा गराएर नियुक्त गरिएको सिफारिस समितिका संयोजक डा. फुयाँलले बताए । उनका अनुसार उपकुलपतिका लागि १८ जनाको आवेदन परेको थियो । प्राप्त आवेदनमध्ये दुई जनाको आवेदन रद्द गरिएको थियो भने १६ जनाको नाम पहिलो चरणमा छनोट गरिएको थियो । १६ जनामा पनि प्रस्तुति गराएर छ जनाको नाम सर्ट लिस्ट गरिएको थियो । दोस्रोपटकको छनोटमा छ जनाबाट तीन जनाको नाम गत २६ गते बुधबार कुलपति तथा प्रधानमन्त्री दाहाल समक्ष सिफारिस गरिएको थियो । सिफारिसको पहिलो नम्बरमा रहेका यादवलाई प्रधानमन्त्रीले उपकुलपति नियुक्त गरेका हुन् ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 8
ताजा अपडेट
- गोदावरीमा मण्डला प्रतियोगिता हुने
- उद्योग क्षेत्रमा बारम्बार विद्युत् लाइन नकाट्न आग्रह
- नेपालको पर्यटन प्रवर्द्धनका लागि भाइबरसँग सहकार्य
- महिलालाई नीतिनिर्माण प्रक्रियामा साझेदार बनाउन सरकार प्रतिबद्ध
- ‘कृषिको व्यावसायीकरणका लागि निजी क्षेत्रसँग सहकार्य’
- अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन : कार्बन उत्सर्जन कम गर्ने विषयमा छलफल
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- अब हामीले बोक्ने सवारी चालक अनुमतिपत्र कस्तो हुन्छ?
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया