Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारप्रधान र आचार्यलाई हेमबहादुर मल्ल सम्मान

प्रधान र आचार्यलाई हेमबहादुर मल्ल सम्मान


काठमाडौं । नेपाल जनप्रशासन संघले गोरक्षबहादुर न्हुच्छे प्रधान र भानुप्रसाद आचार्यलाई हेमबहादुर मल्ल सम्मान प्रदान गर्ने भएको छ । संघले प्रधानलाई हेमबहादुर मल्ल सम्मान २०७७ र आचार्यलाई हेमबहादुर मल्ल सम्मान २०७८ बाट सम्मान गर्न लागेको हो ।

संघले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी सो सम्मानको बारेमा जानकारी दिएको हो । सम्मान बुधबार उपराष्ट्रपति रामसहाय यादवले होटल -याडिसनमा गर्ने भएका छन् । सम्मानित हुने प्रधानले झण्डै चार दशक सरकारी सेवामा विशेषगरी प्रधानमन्त्रीको कार्यालय, राष्ट्रिय योजना आयोग, अर्थ र पर्यटन मन्त्रालय नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान र उच्चस्तरीय प्रशासन सुधार समितिको प्रमुखका रूपमा कुशलतापूर्वक भुमिका निर्वाह गरेका थिए । यस्तै, आचार्यले महालेखा नियन्त्रक, अर्थसचिव, उद्योग, वाणिज्य तथा आपूर्ति सचिव र महालेखा परीक्षकको भूमिकामा सेवा गरिसकेका छन् ।

संघले सम्मान छनोटका लागि पूर्वगभर्नर एवं पूर्वसचिव दीपेन्द्र पुरुष ढकालको संयोजकत्वमा संघका अध्यक्ष कृष्णहरि बास्कोटा, साल्ट ट्रेनिङ कर्पोरेसनका तत्कालीन अध्यक्ष कल्याण गोविन्द श्रेष्ठ, पुर्वसचिवद्वय पूर्णचन्द्र भट्टराई र यामकुमारी खतिवडा सदस्य रहेको समिति गठन गरेको थियो । संघले ख्यातीप्राप्त प्रशासक एवं व्यवस्थापक स्वर्गीय मल्लले साल्ट ट्रेनिङ कर्पोरेसनको नेतृत्वमा रही उत्कृष्ट एवं विशिष्ट योगदान पु-याएबापत उनको सम्झना र सम्मानमा सम्मान स्थापना गरेको जनाएको छ । यो सम्मानबाट बर्सेनि सार्वजानिक प्रशासन तथा व्यवस्थापनको क्षेत्रमा योगदान पु-याउने व्यक्तिलाई नगद दुई लाख प्रदान गर्ने गरेको छ ।

यसअघि संघले यो सम्मान केदारभक्त माथेमा, चादनी जोशी, डा भगवान कोइराला, डा विमल कोइराला, महावीर पुन, भोजराज पोखरेल, दमननाथ ढुङ्गाना, डा सुरेशराज शर्मा, खिलराज रेग्मी, उमेश मैनाली, दामोदर गौतम, डा देवेन्द्रराज पाण्डे, कुलमान घिसिङ, डा सन्दुक रुईत, डा गौरीशंकर लाल दास र सुर्यनाथ उपाध्यायलाई प्रदान गरेको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया