Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअल्पविकसित देशलाई सहयोग गर्न आग्रह

अल्पविकसित देशलाई सहयोग गर्न आग्रह


काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले अल्पविकसित देश (एलडीसी)लाई सहयोग गर्न विश्व समुदायलाई आग्रह गरेका छन् । अमेरिकाको न्युयोर्कमा जारी उच्चस्तरीय राजनीतिक फोरममा उनले दोहा कार्ययोजनाको समयमा नै पूर्ण कार्यान्वयन सुनिश्चित गर्न तथा नवप्रवर्तन र प्रविधि हस्तान्तरणमार्फत संरचनात्मक रूपान्तरण हासिल गर्न एलडीसीलाई सहयोगको खाँचो रहेको बताए ।

उनले बहुपक्षीयताको महत्व र विश्वव्यापी वित्तीय संरचनाको सुधारको आवश्यकतामा जोड दिए । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका गएका उपाध्यक्ष श्रेष्ठले उच्चस्तरीय राजनीतिक मञ्च (एचएलपीएफ) मा अल्पविकसित देश (एलडीसी)को तर्फबाट सम्बोधन गरेका हुन् ।

उपाध्यक्ष श्रेष्ठले अल्पविकसित राष्ट्रमा संकटको प्रभावका बारेमा प्रकाश पार्दै अल्पविकसित राष्ट्रमा दिगो विकास लक्ष्यकोे योजना र कार्यक्रम कार्यान्वयनलाई तीव्रता दिनुपर्ने बताए । उच्चस्तरीय राजनीतिक फोरममा सहभागी हुन नेपाली टोली गत असार २८ गते अमेरिकाको न्यूयोर्क पुगेको थियो ।

प्रतिनिधिमण्डलमा संघीय सांसद तथा राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिका अध्यक्ष प्रकाश पन्थ, संघीय सांसद तथा एमालेका सचेतक महेशकुमार बर्तौला र नेकपा(माओवादी केन्द्र)का सांसद माधव सापकोटा, योजना आयोगका सदस्य सचिव तोयनारायण ज्ञवाली, नेपाल सरकारका सचिव तथा अन्य अधिकारी एवम् संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोगका अधिकारी सहभागी छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया