काठमाडौंका यात्रुसँग ट्राफिक प्रहरीको ‘दुई मिनेट’
काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीको साताव्यापी ‘यात्रुसँग दुई मिनेट’ कार्यक्रम सञ्चालनमा आएको छ । ट्राफिक चेतनामूलक सो कार्यक्रम बुधबारदेखि सुरु गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
सुन्धारास्थित काठमाडौं मलअगाडि रहेको बस बिसौनीमा सो कार्यक्रम सञ्चालन गर्न लागिएको कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले जानकारी दिए । कार्यक्रममा ट्राफिक चेतनामूलक कुराकानी गर्दै सन्देशमूलक सामग्रीसमेत वितरण गर्ने गरिएको पोखरेलले जानकारी दिए ।
कार्यक्रमकोे सुरुवात गर्दै प्रहरी नायब महानिरीक्षक पोखरेलले नियम विपरीत सवारी चलाएमा, बढी भाडा लिएमा, दु्व्र्यवहार गरेमा र आरक्षण सिटको पालना नगरेमा प्रहरीको हटलाइन नम्बर १०० र ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ मा सम्पर्क गर्न यात्रुलाई अनुरोध गरे ।
जथाभावी सवारी चढ्ने र ओर्लने, झ्याल ढोकाबाट हात तथा टाउको बाहिर निकाल्नेजस्ता कार्यले पनि सवारी दुर्घटना हुँदै आएका छन् । सुरक्षित सडक यात्राका लागि चालक र परिचालकलाई चेतनामूलक कार्यक्रम गर्दै आएको ट्राफिक प्रहरीले यात्रुको पनि महत्वपूर्ण जिम्मेवारी रहने भएकाले उक्त कार्यक्रमको सुरूवात गरेको हो ।
कार्यक्रममा ‘बस बिसौनीबाट मात्र गाडी चढौं, सवारी साधनमा हुने पकेटमारीबाट बचौं, सवारी साधनमा हुने दुर्व्यवहार र अन्य आपराधिक क्रियाकलापबाट बचौं’लगायत यात्रुले पैदल हिँड्दा र बाटो काट्दा पालना गर्नुपर्ने आधारभूत जानकारीसहितको पर्चा पम्प्लेट यात्रुलाई वितरण गरिएको छ ।
ट्राफिक जनचेतना अभिवृद्धिका लागि विभिन्न चोकहरूमा ब्यानरसमेत प्रदर्शन गरिएको छ । यात्रुको आवतजावत बढी हुने स्थान काठमाडौंको न्युरोड, शान्तिवाटिका, कालीमाटी, कलंकी, महाराजगञ्ज, चाबहिल, गौशाला, कोटेश्वरलगायतका भक्तपुर र ललितपुरका विभिन्न बस बिसौनीमा आगामी १० गतेसम्म यो कार्यक्रम सञ्चालन गरिने ट्राफिक प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 8
ताजा अपडेट
- उद्योग क्षेत्रमा बारम्बार विद्युत् लाइन नकाट्न आग्रह
- नेपालको पर्यटन प्रवर्द्धनका लागि भाइबरसँग सहकार्य
- महिलालाई नीतिनिर्माण प्रक्रियामा साझेदार बनाउन सरकार प्रतिबद्ध
- ‘कृषिको व्यावसायीकरणका लागि निजी क्षेत्रसँग सहकार्य’
- अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन : कार्बन उत्सर्जन कम गर्ने विषयमा छलफल
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- अब हामीले बोक्ने सवारी चालक अनुमतिपत्र कस्तो हुन्छ?
- इजरेली हमलामा दुईजना सैनिक मारिएपछि इरानले भन्यो : ‘हामीसँग प्रतिरक्षाको अधिकार छ’
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया