प्रधान र आचार्यलाई हेमबहादुर मल्ल सम्मान
काठमाडौं । गोरक्षबहादुर न्हुच्छें प्रधान र भानुप्रसाद आचार्यलाई हेमबहादुर मल्ल सम्मान प्रदान गरिएको छ । नेपाल जनप्रशासन संघले बुधबार आयोजना गरेको कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादवले उनीहरूलाई सम्मान गरेका हुन् ।
प्रधानलाई २०७७ र आचार्यलाई २०७८ सालको सम्मान प्रदान गरेका हुन् । सम्मानको राशि जनही दुई लाख रुपैयाँ रहेको छ । प्रत्येक वर्ष प्रदान गरिने यो सम्मान कोभिड–१९ महामारीलगायतका कारण रोकिएको थियो ।
सम्मान पाएका प्रधानले करिब चार दशक सरकारी सेवामा बिताएका छन् । उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानलगायत निकायमा काम गरेका थिए । प्रधान उच्चस्तरीय प्रशासन सुधार अनुगमन समितिको प्रमुखको भूमिकामा पनि रहेका थिए ।
यस्तै, अर्का सम्मानित व्यक्तित्व आचार्यले महालेखा परीक्षक, महालेखा नियन्त्रक, अर्थसचिव, उद्योग सचिवलगायत भूमिका निर्वाह गरेका थिए । सम्मान छनोटका लागि पूर्वगभर्नर एवम् पूर्वसचिव दीपेन्द्रपुरुष ढकालको संयोजकत्वमा संघका अध्यक्ष कृष्णहरि बाँस्कोटा, साल्टट्रेडिङ कर्पोरेसनका तत्कालीन अध्यक्ष कल्याणगोविन्द श्रेष्ठ, पूर्वसचिवद्वय पूर्णचन्द्र भट्टराई र यामकुमारी खतिवडा सदस्य रहेका थिए ।
हेमबहादुर मल्ल सम्मानबाट यसअघि केदारभक्त माथेमा, चाँदनी जोशी, डा भगवान कोइराला, डा विमल कोइराला, महावीर पुन, भोजराज पोखरेल, दमननाथ ढुङ्गाना, डा सुरेशराज शर्मा, खिलराज रेग्मी, उमेश मैनाली, दामोदर गौतम, डा देवेन्द्रराज पाण्डे, कुलमान घिसिङ, डा सन्दुक रुइत, डा गौरीशंकर लाल दास र सूर्यनाथ उपाध्याय सम्मानित भइसकेका छन् ।
संघ र साल्ट ट्रेडिङ कर्पोरेसनको समझदारीमा २०५९ सालमा हेमबहादुर मल्ल सम्मान स्थापना गरिएको थियो । पच्चीस वर्ष कर्पोरेसनको महाप्रबन्धकको जिम्मेवारीमा रहेका इमान्दार, परिश्रमी, कर्तव्यनिष्ठ र हक्की स्वभावका धनी मल्ललाई ‘रोलमोडल’ प्रशासक/व्यवस्थापकका रूपमा लिइन्छ । उनको स्मरणमा कर्पोरेसनको सौजन्यमा संघले सम्मान स्थापना गरेको हो ।
क्याटेगोरी : समाचार
ट्याग : #page 3
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया