Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारप्रदेश २ सरकारले ‘लकडाउन’मा पनि विकास निर्माणको कामलाई गति दिने

प्रदेश २ सरकारले ‘लकडाउन’मा पनि विकास निर्माणको कामलाई गति दिने


जनकपुरधाम, वैशाख १६
प्रदेश २ मा लकडाउनको समयमा पनि विकास निर्माणको कामलाई निरन्तरता दिइने भएको छ । प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले लकडाउनको समयमा पनि पूर्वाधार निर्माणको कामलाई तीव्रता दिइने बताएका छन् । लकडाउनको अवधिमा विकास निर्माणको कार्यलाई तीव्रता दिन उनले सरोकारबालाहरूसँग छलफल गरेका हुन् ।

मन्त्री सोनलले भने, ‘कोरोनाबाट जोगिँदै विकास निर्माणको कार्य पनि नरोकियोस् भन्दै तयारी तीव्र पारिएको हो ।’ उनले सडक विस्तारतर्फ प्रदेश २ को एक जिल्लालाई अर्को जिल्लासँग जोड्ने, एक स्थानीय तहलाई अर्को स्थानीय तहसँग जोड्ने, सडक कालोपत्रे गर्नेलगायतको विषयमा छलफल भएको बताए । लकडाउनको अवधिमा विकास निर्माणको कामसम्बन्धी तयारी गर्ने र सम्भव भए काम पनि अगाडि बढाइने उनले जानकारी दिए । छलफलमा मन्त्री सोनलसहित राज्यमन्त्री डिम्पल झा, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव राजेन्द्र खनाल र महाशाखा प्रमुखहरूलगायतको सहभागिता थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x