काठमाडौं । गैरआवासीय नेपाली संघ अस्ट्रेलियाको अध्यक्षमा अनिल पोखरेल निर्वाचित भएका छन् । अन्य दुई प्रत्यासी डिला खरेल र देवबहादुर गुरुङलाई पराजित गर्दै पोखरेल निर्वाचित भएका हुन् ।
संघको मुख्य पदमा पोखरेलकै टिम निर्वाचित भएको छ । संघको महासचिवमा सन्तोष कुँवर र सचिवमा थिरबहादुर गुरुङ निर्वाचित भएका छन् । यस्तै, संघको एनएसडब्लु एससीसी स्टेट कोअर्डिनेटरमा विनोद कुँवर निर्वाचित भएका छन् । महासचिव र सचिव दुवै पोखरेल प्यानलबाटै निर्वाचित भएका हुन् । संघको कोषाध्यक्षमा अर्जुन गौतम र सहकोषाध्यक्षमा रोजी पन्त निर्वाचित भएका हुन् । उनीहरू पनि पोखरेलकै प्यानलबाट चुनावमा उठेका थिए । एक दशकदेखि एनआरएनएमा आबद्ध भएका पोख्रेलले पछिल्लो दुई कार्यकाल कोषाध्यक्षको जिम्मेवारी सम्हालेका थिए । संस्थाको पारदर्शिता र यसको आर्थिक समायोजनलाई प्रभावकारी ढंगले निभाएको कारण दोस्रो कार्यकालमा आफू निर्वाचित भएको पोख्रेलले बताउँदै आएका छन् । एनआरएन अस्ट्रेलियाको पारदर्शिताका लागि उनकै कार्यकालदेखि त्रैमासिक लेखा विवरण सार्वजनिक हुन थालेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #page 3
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया