हराएका २१ दुईपाङ्ग्रे सवारी सम्बन्धित धनीलाई हस्तान्तरण
काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न मितिमा हराएका तथा चोरी भएका २१ वटा दुईपाङ्ग्रे सवारी खोजी गरी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । रामशाहपथस्थित काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा सोमबार एक कार्यक्रमको आयोजना गरी प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले १३ वटा मोटरसाइकल र आठवटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् । योसँगै साउन महिनामा मात्रै २९ वटा सवारी धनीलाई जिम्मा लगाइसकेको भट्टले बताए । यस्तै, चोरीको मोटरसाइकलसहित साउन १२ गते काठमाडौंको तारकेश्वर नगरपालिका पाँच गुम्बाबाट नियन्त्रणमा आएका एक जनालाई आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि प्रहरी वृत्त बालाजु पठाइएको उनले जानकारी दिए ।
कार्यक्रममा उनले सवारी चोरी हुन तथा हराउनबाट जोगाउन आफ्नो सवारी सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्विल लक, चेन लक, ह्यान्डिल लक, डिस्क लकलगायत सुरक्षा साइरनहरू जडान गर्नुका साथै मानिसको आवतजावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न आग्रह गरे । सवारी हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने बताइएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, समाचार
ट्याग : #Page 8
ताजा अपडेट
- श्री इन्भेस्टमेन्ट फाइनान्सको नाफा ४१ लाख
- हिमालयन लघुवित्तको नाफा एक करोड ३४ लाख
- थाहा नगरपालिकामा प्लाष्टिकका फूल प्रतिबन्धित
- प्रहरीद्वारा जुवातास खेलिरहेका २१ जना पक्राउ
- तोलामा एक हजार चार सयले सुनको मूल्यमा बृद्धि
- अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन : कार्बन उत्सर्जन कम गर्ने विषयमा छलफल
- सेयरबजार थप घट्ने सम्भावना कति ?
- विकास बैंकहरूको निष्क्रिय कर्जा बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया