Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारप्रतिलिपि अधिकार कार्यालयको विज्ञमा क्यानका महासचिव अधिकारी

प्रतिलिपि अधिकार कार्यालयको विज्ञमा क्यानका महासचिव अधिकारी


काठमाडौं । नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयले कम्प्युटर एसोसियसन नेपाल महासंघ (क्यान महासंघ)का महासचिव चिरञ्जीवी अधिकारीलाई विज्ञका रूपमा मनोनयन गरेको छ ।

संस्कृत, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयअन्तर्गत रहेको कार्यालयले रचना दर्ताअन्तर्गत सफ्टवेयर प्रणालीको दर्ताका सम्बन्धमा पेस भएका कागजातलगायतको अध्ययन तथा प्रमाणीकरणका लागि अधिकारीलाई विज्ञमा मनोनयन गरेको हो । सफ्टवेयरका सोर्सकोड, आइडिया, प्रडक्टलगायत सूचना प्रविधिमा आधारित वस्तु तथा सेवामा आफ्नो प्रतिलिपि अधिकार कायम राख्न चाहने व्यक्ति तथा संस्थाले पेस गरेको कागजातको अध्ययन तथा प्रमाणीकरणमा विज्ञ अधिकारीले सहजीकरण गर्ने बताइएको छ ।

साथै, आईटी क्षेत्रमा अनाधिकृत प्रतिलिपि, वितरण र तिनीहरूको कामको प्रयोगलाई नियन्त्रण गर्न र सिर्जनाकर्ताको अधिकार संरक्षण तथा उचित क्षतिपूर्ति सुनिश्चित गर्न आफूले सहयोग गर्ने अधिकारीले बताएका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #page 3

तपाईको प्रतिक्रिया