Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारगरिबसँग विश्वेश्वर कार्यक्रमका कर्मचारीद्वारा कोरोना कोषमा सहयोग

गरिबसँग विश्वेश्वर कार्यक्रमका कर्मचारीद्वारा कोरोना कोषमा सहयोग


काठमाडौं, वैशाख १७
गरिबसँग विश्वेश्वर कार्यक्रमका कर्मचारीहरुले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा सहयोग गरेका छन् । कार्यक्रमका देशभर कार्यरत सम्पूर्ण कर्मचारीहरुको तर्फबाट संकलित सहयोग ३ लाख ८८ हजार ८ सय रुपैयाँ सहयोग गरेका हुन् । कार्यक्रमका संयोजक विद्या सागर पाण्डेयले भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्याल मार्फत उक्त रकम कोषमा हस्तान्तरण गरेका हुन् । राज्य संकटमा परेको बेला हरेक नागरिकले आफ्नो तर्फबाट सक्दो सहयोग पु-याउनु सम्पूर्ण नागरिकहरुको दायित्व भएको भन्दै गरिबसँग विश्वेश्वर कार्यक्रम अन्तर्गतका कर्मचारीहरुले स्वतस्फुर्त रुपमा सहयोग संकलन गरी सरकारलाई हस्तान्तरण गरेको संयोजक पाण्डेले बताए ।

सामान्य परिस्थितिमा समेत दैनिक जीवनयापन गर्न कठिनाइ हुने गरिब तथा बिपन्न परिवारहरु लक्षित यस कार्यक्रमका कर्मचारीहरु बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट सिर्जित असहज परिस्थितीमा थप जटिलताबाट कुनैपनि नागरिक गुज्रिन नपरोस् भन्ने उद्देश्यले नेपाल सरकारले संचालन गरेका विभिन्न गतिविधिहरुमा टेवा पु-याउन स्थानीय तह, जिल्ला र केन्द्रमा क्रियाशील रहेको कार्यक्रमका संयोजक पाण्डेयले बताए । हाल यो कार्यक्रम देशका ७७ वटै जिल्लामा संचालनमा रहेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x