Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमौलिक उत्पादनसम्बन्धी पुस्तक सार्वजनिक

मौलिक उत्पादनसम्बन्धी पुस्तक सार्वजनिक


काठमाडौं । नेपाली मौलिक उत्पादनको वर्तमान अवस्था, अन्तर्राष्ट्रिय माग एवम् आपूर्तिको स्थिति, उत्पादकत्व वृद्धिको सम्भावना र निर्यात प्रवर्द्धनमार्फत अर्थतन्त्रको दिगो विकास र आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा पुग्न सक्ने योगदानका विषयमा लामो अध्ययन तथा विश्लेषणसहितको पुस्तक सार्वजानिक गरिएको छ ।

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफिन) र फेडेरेसन अफ नेपाल एक्पोटर्स एसोसिएसनद्वारा तयार गरिएको ‘आत्मनिर्भर अर्थतन्त्र र निर्यात सम्भावनाका क्षेत्रहरू’ नामक सो पुस्तक एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो । सीबीफिनका अध्यक्ष पवन गोल्याणले आन्तरिक बजारमा बढ्दो माग भएको र बाह्य बजारमा निर्यात वृद्धिको प्रचुर सम्भावना भएका स्वदेशी कच्चा पदार्थमा आधारित कृषि तथा वन पैदावारलगायतका १० वटा वस्तुहरूको १० वर्षे तथ्याङ्क केलाएर अध्ययन गरिएको बताए । पुस्तकले समग्र उद्यमी÷व्यवसायीको स्तरोन्नतिको मार्ग पहिल्याउनुका साथै दिगो र आत्मनिर्भर अर्थतन्त्रको निर्माणका लागि मार्गनिर्देश समेत गरेको बताइएको छ ।

अध्यक्ष गोल्यानले कृषि तथा वन पैदावारलगायतका क्षेत्रमा अथाह सम्भावना भए पनि त्यसको समुचित प्रयोग हुन नसकेको बताए । विशेषगरी सा–साना तथा घरेलु उद्योगहरू, कृषि, वन पैदावरजस्ता बढी मूल्य अभिवृद्धि गर्ने, रोजगारी सिर्जना गर्ने उद्योगलाई सरकारले प्रोत्साहन गर्र्नुपर्नेमा उनले विशेष जोड दिए । सीबीफिन र एफएनईएले तयार गरेको उक्त पुस्तकले नेपाली उत्पादनको वस्तुनिष्ठ अवस्थाको उजागर गर्दै निजी क्षेत्र र नेपाल सरकारका लागि चुनौती र सम्भावना दुवै औल्याइदिएको मुख्यसचिव डा वैकुण्ठ अर्यालले बताए । आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सरकार र निजी क्षेत्रबीचको सहकार्य जरुरी रहेको उनको भनाइ छ । परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलले सो पुस्तक नेपालमा उत्पादित वस्तुलाई निर्यात गर्नका लागि मार्गदर्शन हुने बताए ।

उद्योग, वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनीले सीबीफिनले सरकार र अन्य क्षेत्रले भन्दा एक कदम अगाडि बढेर आम उद्यमी÷व्यवसायी र राष्ट्रको हित हुने गरी बहुपयोगी पुस्तक तयार गरेको बताए ।


क्याटेगोरी : समाचार
ट्याग : #page 3

तपाईको प्रतिक्रिया