Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार‘स्केटिङ’ तथा ‘स्केट’ बोर्डिङको अधिवेशन

‘स्केटिङ’ तथा ‘स्केट’ बोर्डिङको अधिवेशन


काठमाडौं । नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघ, बाग्मती प्रदेशको प्रथम अधिवेशन सम्पन्न भएको छ । हलेसी तुवाचुङ नगरपालिका उप–प्रमुख रमेशकुमार राउतको प्रमुख आतिथ्यमा ललितपुरको लुभुमा अधिवेशन सम्पन्न गरिएको हो । अधिवेशनले समन घिमिरेको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गरेको छ ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा साजन देउजा, सन्तोष सापकोटा र सुमन कट्टेल चयन भएका छन् । त्यस्तै, संघको महासचिवमा प्रकाश श्रेष्ठ, सचिवमा प्रकाश तामाङ, कोषाध्यक्षमा कुशल पोखरेल र सदस्यमा विपिन कुइँकेल, हरिश महर्जन, नवराज खड्का, साजन फैजु र प्रवल तिमिल्सिना चयन भएको संघका केन्द्रीय सचिव दिनेश बजगाईँले जानकारी दिए । उनका अनुसार समिति निर्माण प्रादेशिक संरचनामा गइसकेको र प्रत्येक जिल्लामा यसको विस्तारको तयारी भइरहेको छ । अधिवेशनको उद्घाटन सत्रमा संघका केन्द्रीय अध्यक्ष अच्युत खनाल, उपाध्यक्ष सिमान्त उदाश, सचिव बजगाईँलगायतको विशेष उपस्थिति रहेको थियो ।

कार्यक्रममा उपस्थितले स्केटिङ तथा स्केट बोर्डिङ साहसिक खेल भएकाले अन्तर्राष्ट्रिय जगतलाई समेत केन्द्रित गर्नुपर्नेमा जोड दिएका थिए । नेपालमा यो खेल नयाँ भएका कारण केही चुनौती भए पनि यसको आकर्षण र फाइदा भने निकै रहेको उनहरूको भनाइ थियो । संघको हालसम्म पाँचवटा प्रदेश र ४४ वटा जिल्लामा शाखा खुलिसकेको सचिव बजगाईँले जानकारी गराए ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया