Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारएडीबीद्वारा नेपाललाई स्वास्थ्य सामग्री र सहुलियतपूर्ण ऋण बजेट सहयोग

एडीबीद्वारा नेपाललाई स्वास्थ्य सामग्री र सहुलियतपूर्ण ऋण बजेट सहयोग


काठमाडौँ, वैशाख १८
एसियाली विकास बैंक(एडीबी)ले तीन लाख अमेरिकी डलर बराबरका स्वास्थ्य सामग्री र २५० मिलियन अमेरिकी डलरबराबरको सहुलियतपूर्ण ऋण बजेट सहायता उपलब्ध गराउने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडा र एसियाली विकास बैंकका अध्यक्ष मासाचुगु आसाकावाबीच कोभिड–१९ का कारण परेको असर र त्यसमा बैंकले गर्नसक्ने सहयोगबारे बुधबार भएको टेलिफोन वार्तामा बैंकले त्यस्तो जानकारी दिएको हो ।

वार्तामा अर्थमन्त्री र बैंकका अध्यक्षबीच कोभिड–१९ ले अर्थतन्त्रमा पार्ने प्रभाव, एसियाली विकास बंैकले नेपाललाई गरिरहेको सहयोग तथा आगामी दिनमा नेपालको विकासका प्राथमिकताका क्षेत्रमा बैंकले गर्नसक्ने थप सहयोगका विषयमा छलफल भएको थियो । अर्थमन्त्रीले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि नेपालले लिएको रणनीतिबाट ठूलो सङ्क्रमण हुन नपाएको जानकारी गराउँदै कोरोना महामारीको असरलाई सम्बोधन गर्न बैंकले अनुदान सहयोगमा तीन लाख अमेरिकी डलर बराबरका स्वास्थ्य सामग्रीहरु र २५० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण बजेट सहायताको रुपमा प्रदान गर्न लागेकामा आभार व्यक्त गरेका थिए ।

मन्त्री खतिवडाले एसियाली विकास बैंक नेपालको मुख्य विकास साझेदार रहेको बताउँदै बैंकले ऊर्जा, यातायात, खानेपानी र सहरी विकासलगायत ग्रामीण उद्यम क्षेत्रमा गरेको सहयोगको प्रशंसा गरेका थिए । नेपालले अङ्गीकार गरेको सङ्घीय प्रणालीको प्रतिफल आम नागरिकले पाउन सक्ने तुल्याउनका लागि सङ्घीय संरचनाका सबै संस्थाहरु बलियो बनाउनुका अतिरिक्त स्थानीय पूर्वाधार विकासमा लगानी बढाउनुपर्ने कुरामा समेत अर्थमन्त्रीले जोड दिएका थिए ।

अर्थमन्त्री खतिवडाले कोभिड–१९ बाट स्वास्थ्य सेवामा सार्वजनिक क्षेत्रको भूमिका प्रभावकारी रहनुपर्ने तथ्य उजागर भएको बताउँदै आगामी दिनमा नेपालको स्वास्थ्य पूर्वाधार विकासमा बैंकको थप सहयोगको अपेक्षा गरेका थिए । उनले कोरोना सङ्क्रमणबाट वैदेशिक रोजगारीका अवसरहरु खुम्चिँदै जाँदा युवालाई स्वदेशमै काम गर्ने वातावरण बनाउन आधुनिक एवम् व्यावसायिक कृषि र स्थानीय पूर्वाधार एवम् ग्रामीण वित्त व्यवस्था विस्तारमा लगानी गर्नुपर्ने आवश्यकता रहेकाले यी क्षेत्रमा सहायता बढाउन एसियाली विकास बैंकलाई आग्रह गरेका थिए ।

अध्यक्ष आसाकावाले कोभिड–१९ को नियन्त्रणमा नेपालले चालेका कदमहरुको प्रंशसा गर्दै कोभिड–१९ का कारण सिर्जना भएको चुनौतीपूर्ण वर्तमान परिस्थितिलाई सम्बोधन गर्नका लागि बैंकले नेपाललाई सहुलियतपूर्ण ऋण एवम् निजी क्षेत्रका लागि उपलब्ध स्रोतसाधन समेतका माध्यमबाट सहयोग गर्ने प्रतिबद्धता जनाए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x