काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जापानले लामो समयदेखि नेपालको विकासमा निरन्तर सहयोग गरिरहेको बताएका छन् । नेपाल जाइका अलमनाई एसोसियसन (जान) का प्रतिनिधिसँगको भेटमा उनले जापानको सहयोग सधैं निःस्वार्थरूपमा रहेको र जापानको सहयोगले नेपालमा आर्थिक तथा सामाजिक परिवर्तन ल्याउन ठूलो सहयोग पुगेको बताए ।
साथै, उनले जापान सरकारको सहयोगको प्रशंसा समेत गरे । जानका अध्यक्ष डा रामचन्द्र भुसालले जानका गतिविधि र नेपाल जापान सम्बन्धलाई सुदृढ बनाउन जानले खेलेको भूमिकाको बारेमा राष्ट्रपतिलाई जानकारी गराएका थिए । जान जापानमा अध्ययन गरी फर्किएका नेपाल सरकारका बहालवाला तथा सेवा निवृत्त सरकारी अधिकारीहरू, विभिन्न सार्वजनिक क्षेत्रका प्राविधिकहरू, प्राज्ञहरू, स्वतन्त्र प्राविधिक तथा व्यावसायिकको सामाजिक संस्था हो ।
क्याटेगोरी : समाचार
ट्याग : #page 3
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया