Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारगृहमन्त्रालयले पास उपलब्ध नगराउँदा सेवा दिन समस्या

गृहमन्त्रालयले पास उपलब्ध नगराउँदा सेवा दिन समस्या


काठमाडौँ, वैशाख १८
कोरोना भाइरस (कोभिड १९)को सन्त्रासकै बेला वागमती प्रदेश भूमि व्यावस्था, कृषि तथा सहकारी मन्त्रालयले सहकारी सञ्चालन गर्न निर्देशन जारी गरेपछि सहकारीकर्मी समस्या परेका छन् । गृहमन्त्रालयले पास उपलब्ध नगराउँदा सेवा दिन समस्या भएको उनीहरूले गुनासो गरेका छन् । नेपाल सहकारी पत्रकार समाजले आयोजना गरेको ‘विषम् परिस्थितिमा सहकारीको भूमिका’ विषयक भिडियो कन्फ्रेन्समा बोल्दै काठमाडौँ उपत्यकाका सहकारी अगुवाहरूले मन्त्रालयको परिपत्रअनुसार तत्काल सहकारले सेवा दिन कठिन भएको बताएका हुन् ।

वागमती प्रदेश सरकारले सहकारीको कार्यालय खोली दैनिक तीन घण्टा सेवा दिन निर्देशन दिए पनि हिँडडुल गर्न समस्या भएको, सुरक्षा विधि, उपाय तथा सामाजिक दूरी कायम गर्न समस्या हुने उनीहरूको भनाइ छ । कर्मचारी समेत भ्यालीबाहिर रहेकाले सेवा दिन र सदस्यले कार्यालयमा आएर सेवा लिन कठिन भएको उनीहरूको भनाइ छ । बैशाख ११ गते वागमती प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सूचना प्रकाशन गरी बढीमा तीन जना कर्मचारीबाट दैनिक ३ घण्टा कार्यालय खोली सेवा दिन सहकारीलाइ निर्देशन दिएको थियो ।

लकडाउनका कारण सदस्यलाई पर्न सक्ने आर्थिक समस्याबाट जोगाउन वागमती प्रदेश कार्यक्षेत्र रहेको बचत तथा ऋण सहकारी संस्था खोल्न भनी निर्देशन दिएको थियो । त्यसैगरी २०७६ चैत्र १६ गते सहकारी विभागले सम्पूर्ण सहकारी संघसंस्थाहरूलाई सदस्यहरूलाई सम्पूर्ण सेवा दिन निर्देशन जारी गरेको थियो । परिपत्रपछि १५ गते सोमबार उपत्यकका सहकारी अगुवाहरूले संयुक्त बैठक बसी अपिल जारी गरी प्रदेश सरकारले तोकेबमोजिम सेवा दिन नसक्ने बताएका थिए ।

जिल्ला सहकारी संघ काठमाडौंका अध्यक्ष ज्ञानबहादुर तामाङले एकदुई दिनभित्रै पासको हुने, त्यसका लागि सम्बन्धित निकायसँग पहल गरिरहेको जानकारी दिए । नेपाल सरकारले सहकारीलाई अत्यावश्यक सेवाभित्र पर्छ भनेर परिपत्र जारी गरिदिएको भए अझ हुने भए पनि सहकारीलाई छुट्याएर परिपत्र जारी गरेकोले अन्यौलता छाएको बताए । जिल्ला सहकारी संघ ललितपुरका अध्यक्ष माधव दुलालले लकडाउन सुरु भएपछि सहकारीका अभिभावकहरूको प्रस्ट निर्देशन नआएकोले सहकारीमा अन्यौलता छाएकोले के गर्ने कसो गर्ने भएको बताए ।

सरकारको निर्देशनले सहकारीको सेवा अत्यावश्यकभित्र परो कि परेन भन्ने अन्यौलता भएको बताए । उनले अन्यौलताका बीचमा पनि स्वविवेकले सहकारीहरूले सेवा दिएको, सदस्यका घरघरमा पैसा पु-याएको, सदस्यको खातामा पैशा नभए पनि ऋण दिएर गर्जो टार्ने, स्थानीय तहसँग समन्वय गरेर राहत सामग्री वितरण गर्ने, कोरोना संक्रमणबाट बच्ने जनचेतना फैलाउनेलगायतका काम गरेको बताए ।

भक्तपुर जिल्ला सहकारी संघका अध्यक्ष केदार खड्काले स्थानीय प्रशाशनले सहयोग नगरेको अवस्थामा पनि सहकारीहरूले कार्यालय खोलेर र नखोलेरै पनि सेवा दिने गरेको बताए । जिल्ला संघले वार्षिक २० लाखको मल बेच्ने गरेको र अहिले मल संघमा थन्किएकोले किसानकोमा मल पु-याउन प्रशासनले मुश्किलले मात्र सहजीकरण गरेको बताए । राष्ट्रिय सहकारी बैंकका सञ्चालक सरिता भट्टराईले सदस्यले सहकारीबाट वित्तीय सेवा मात्र लिने संस्थाका रूपमा नहेर्न आग्रह गरिन् । उनले सदस्यहरूलाई सहकारीले दिएका अन्य सेवाको पनि गुण बिर्सन नहुने बताइन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x