Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार‘टेलिकमको पूर्वाधारमा क्षति पु-याउने क्रम बढ्यो’

‘टेलिकमको पूर्वाधारमा क्षति पु-याउने क्रम बढ्यो’


काठमाडौं । नेपाल टेलिकमले विगत केही समययता टेलिकमका पूर्वाधारहरूमा क्षति पु-याउने कार्य निरन्तररूपमा जारी रहेको जनाएको छ । कम्पनीले सोमबार एक विज्ञप्ति जारी गरी रोल्पा जिल्लाको परिवर्तन गाउँपालिकामा अवस्थित टेलिकमको कुरेली साइटमा अन्य दूरसञ्चार सेवा प्रदायकका प्राविधिकबाट क्षति पु¥याइएको जनाएको हो ।

साथै, गाउँपालिकाको रोहवरमा दुवै पक्षका बीच छलफल भई आगामी दिनमा यस्तो कार्यमा संलग्न नहुने सहमति भएको पनि कम्पनीले जानकारी दिएको छ । नेपाल टेलिकमको टावरदेखि २० मिटर नजिकै अन्य सेवा प्रदायकको समेत टावर निर्माण गरिएको कारण टेलिकमको सोलार प्यानलमा अवरोध भइरहेकोमा केही दिन पहिले सोलार पावर सिस्टमको तार समेत काटी क्षति पु-याइएको थियो । सो सन्दर्भमा नेपाल टेलिकमका प्राविधिकहरूले प्रमाणसहित गाउँपालिकामा जानकारी प्रस्तुत गरेकोमा गाउँपालिकाको रोहवरमा दुवै पक्षका बीच छलफल गरिएको थियो ।

परिवर्तन गाउँपालिकाका अध्यक्ष शुकबहादुर बुढामगर र प्रमुख प्रशासकीय अधिकृत प्रेम जीएमलगायत दुवै पक्षका बीचमा गत शुक्रबार भएको छलफलमार्फत आगामी दिनमा सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्ने यस्ता कार्य नदोहो¥याउने सहमति भएको कम्पनीले जनाएको छ । आगामी दिनमा यस्ता गतिविधि दोहोरिएमा प्रचलित कानुनबमोजिम आवश्यक प्रक्रिया अगाडि बढाइने समेत कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।


क्याटेगोरी : समाचार
ट्याग : #page 3

तपाईको प्रतिक्रिया