Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारस्थानीय सरकारको कार्यालयमै छैन सुरक्षित स्तनपान कक्ष

स्थानीय सरकारको कार्यालयमै छैन सुरक्षित स्तनपान कक्ष


सोलुखुम्बु । सोलुखुम्बुको पाँचवटा स्थानीय तहको कार्यालयमा नै सुरक्षित स्तनपान कक्ष नभएको पाइएको छ । जिल्लाको आठ स्थानीय तहमध्ये नेचासल्यान गाउँपालिका, खुम्बु पासाङ ल्हामु गाउँपालिका, सोताङ गाउँपालिका, लिखुपिके गाउँपालिका र महाकुलुङ गाउँपालिकामा सुरक्षित स्तनपान कक्ष नभएको पाइएको हो ।

सरकारी, गैरसरकारी वा निजी संघ संस्थाले आफ्नो कार्यालयमा कार्यरत महिलालाई शिशु जन्मेको दुई वर्षसम्म कार्यालय समयमा आमाको दूध खुवाउनका लागि आवश्यक व्यवस्था मिलाउनुपर्ने कुरा सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ मा उल्लेख छ । तर यहाँको पाँचवटा पालिकाको कार्यालयमा स्तनपान कक्ष नै छैन् । सोलुदूधकुण्ड नगरपालिका, थुलुङ दूधकोशी गाउँपालिका र माप्यदूधकोशी गाउँपालिकामा मात्रै स्तनपान कक्ष भएको जनाइएको छ । अन्य स्थानीय तहहरूले भने सुरक्षित स्तनपान कक्ष निर्माणमा ध्यान नै नदिएको महिला अधिकारकर्मी बताउँछन् ।

महिलाको सहजतालाई ख्याल गर्न स्थानीय सरकार आफैँ चुक्दा अन्य कार्यालयको अवस्था झन दयनीय रहेको उनीहरू बताउँछन् । सरकारी वा निजी संस्थाले अनिवार्य स्तनपान कक्ष राख्नुपर्ने कानुनी व्यवस्था भए पनि यहाँका अधिकांश सरकारी कार्यालयमा सुरक्षित स्तनपान कक्ष छैन भने स्थानीय सरकारले समेत त्यसतर्फ ध्यानदिन सकेको छैन ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 12

तपाईको प्रतिक्रिया