लुनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिरको अध्यक्षमा मेघा
काठमाडौँ । नेपाली गीत–संगीत र साहित्यको क्षेत्रमा क्रियाशील ‘श्री लुनकरणदास गंगादेवी चौधरी साहित्यकला मन्दिर’ को अध्यक्षमा मेघा चौधरी चयन भएकी छन् । काठमाडांैको थापाथलीमा सम्पन्न वार्षिक साधारणसभाले गीतकार तथा साहित्यकार बसन्त चौधरीकी छोरी मेघाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
आगामी चारवर्षे कार्यकालका लागि चुनिएको नयाँ कार्यसमितिको उपाध्यक्षमा वरिष्ठ रंगकर्मी हरिहर शर्मा, महासचिवमा गीतकार रमण घिमिरे र कोषाध्यक्षमा मनीषकुमार खेम्का निर्वाचित भएका छन् । यस्तै, कार्यसमिति सदस्यहरूमा डा उषा ठाकुर, नारायणभक्त श्रेष्ठ(रायन), राजेन्द्र सलभ निर्वाचित भएका छन् । निर्वाचित नयाँ कार्यसमितिले बिहीबार पदभार ग्रहण गरेको छ ।
औद्योगिक प्रतिष्ठान चौधरी ग्रुपका प्रणेता लुनकरणदास चौधरी र उनकी पत्नी गंगादेवी चौधरीको नाममा २०५१ सालमा स्थापित भएको साहित्यकला मन्दिरको संरक्षकमा कवि तथा गीतकार बसन्त चौधरी रहेका छन् । यसअघि लामो समयसम्म यो मन्दिरको कार्यसमिति अध्यक्षको रूपमा चौधरीले काम गरेका थिए । उनले आफ्ना मातापिताको नाममा स्थापित यो संस्थाको जिम्मेवारी उनकै एक मात्र पुत्री मेघा चौधरीले पाएकी हुन् ।
चौधरीले आफूले ३५ वर्षको हुँदा साहित्यकला मन्दिरको जिम्मेवारी बहन गरेको बताए । उनले ३० वर्षको अवधिमा साहित्यकला मन्दिरले १० दर्जन मूर्धन्य स्रष्टालाई सम्मान गरेको जानकारी दिए । नेपालमा साहित्यकलाको क्षेत्रमा ३० वर्षसम्म अनवरत काम गरेको योजस्तो अर्को कुनै संस्था नरहेको उनको दाबी थियो । यस्तै, उनले साहित्य, संगीत, कला, पत्रकारिता, स्वास्थ्य, समाजसेवालगायतका क्षेत्रमा संस्थाको कार्यक्षेत्र विस्तार हुने र यही वर्ष नेपालको सबैभन्दा ठूलो राशिको पुरस्कार समेत स्थापना गरिने घोषणा गरे ।
कार्यक्रममा वरिष्ठ रंगकर्मी हरिहर शर्माले नेपाली साहित्यकला र संगीतको उन्नयन तथा विश्वस्तरमा नेपाली कला, साहित्य र भाषाको प्रवद्र्धनका लागि साहित्य कला मन्दिरले विशिष्ट योगदान पु-याएको बताए ।
साधारणसभामा साहित्यकला मन्दिरको नाम परिवर्तन गरी बृहत् उद्देश्यसहित अगाडि बढ्ने एजेण्डा पारित भएको छ । यसका लागि विधान संशोधनको प्रस्ताव समेत पारित भएको नवनिर्वाचित अध्यक्ष मेघा चौधरीले जानकारी दिइन् । साधारणसभाबाट रमण घिमिरेद्वारा प्रस्तुत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन समेत पारित भएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #page 3
ताजा अपडेट
- लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत
- एमाले सांसद लीलाबल्लभ राखेकै कोठामा रास्वपा सभापती रविलाई राखियो
- गृह मन्त्रालयले गर्यो १२ उपसचिवहरुको सरुवा
- प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणमा ८७ सदस्यीय टोली सहभागी हुने
- भ्रष्टाचार मुद्दामा विकल पौडेल र सफल श्रेष्ठलाई ८ वर्ष कैद,३ करोड बढी बिगो जरिवाना
- अर्थमन्त्री पौडेल र फिनल्याण्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
- वर्ल्डलिङ्क कम्युनिकेसन्समा फिनफण्डको एक करोड युरो लगानी
- रास्वपा सभापति लामिछानेलाई काठमाडौँ लगियो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया