Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारदोलखाको सुनखानीमा फ्युज सेवा

दोलखाको सुनखानीमा फ्युज सेवा


दोलखा । नेपाल विद्युत् प्राधिकरण दोलखा वितरण केन्द्र पछिल्लो समय उपभोक्ता तथा ग्राहकमैत्री बन्दै गएको छ । वितरण केन्द्रले स्थानीयवासीको मागअनुसार कालिञ्चोक गाउँपालिकाको सुनखानीमा फ्युज सेवा सञ्चालनमा ल्याएको छ ।

केन्द्रले कालिञ्चोक गाउँपालिका वडा–८ सुनखानीको वडा कार्यालयमा आइतबारदेखि नै फ्युज सेवा सञ्चालनमा ल्याएको हो । प्राधिकरण दोलखा वितरण केन्द्रका कार्यालय प्रमुख मेघनाथ ढकालका अनुसार सामान्य बेलामा पनि बत्ती जाने र २÷३ दिनसम्म अँध्यारोमा बस्नुपर्ने समस्या समाधानको लागि सेवा सञ्चालनमा ल्याइएको हो । फ्युज सेवा नहुँदा कालिञ्चोक गाउँपालिकाका ६ वटा वडाले बिजुलीको समस्या भोग्दै आएका थिए । गाउँमा रुखका हाँगाले नाङ्गो तार छुँदा र हावाहुरीले तारहरू लत्रिदा समेत लामो समयसम्म विद्युत् अवरुद्ध हुने गरेको थियो । फ्युज सेवा सञ्चालनमा आएपछि सामान्य समस्याहरू तुरुन्तै हल गर्न सकिने वितरण केन्द्रले जनाएको छ ।

सुनखानी फ्युज सेवा उद्घाटन आइतबार एक कार्यक्रमका बीच कालिञ्चोक गाउँपालिकाका अध्यक्ष अर्जुन शिवाकोटीले गरेका थिए । कार्यक्रममा शिवाकोटीले गाउँपालिका धेरै वडाका उपभोक्ताले विद्युत्् अवरोधको समस्या हटाउन माग गरेर पालिका तथा वडामा समेत निवेदन दिने गरेको बताए । सोही गुनासोको सुनवाई गर्न पालिकाले प्राधिकरणको वितरण केन्द्रसँग समन्वय गरेर फ्युज केन्द्र स्थापना गर्न लगाएको बताए । यो सेवा सञ्चालनमा आएसँगै अब यहाँका स्थानीयको विद्युत अवरोधसम्बन्धी समस्या समाधान हुने उनले विश्वास व्यक्त गरे । दोलखाका वितरण केन्द्रले ग्राहकले खेप्दै आएको समस्यालाई सुधार गर्न विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया