‘भन्सारबाट हुने चोरी पैठारी नियन्त्रणमा सरकार प्रतिबद्ध’
काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले भन्सार नाकाबाट हुने चोरी पैठारी र अवैध आयात नियन्त्रणका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । गृह मन्त्रालयमा आइतबार बसेको कुखुरा तथा कुखुराजन्य वस्तुको गैरकानुनी ओसारपसार नियन्त्रणसम्बन्धी बैठकमा उनले मुलुकको अर्थतन्त्रको मुख्य समस्याका रूपमा रहेको अवैध व्यापार नियन्त्रणका लागि सरकारले अधिकतम प्रयास गरिरहेको बताएका हुन् ।
गृहमन्त्री श्रेष्ठले विभिन्न वस्तुको अवैध व्यापारले नेपालका उद्योगी व्यवसायी समस्यामा परेको मात्र नभई सरकारले समेत ठूलो राजस्व गुमाइरहेको बताए । ‘भन्सार नाका र खुला सिमानाबाट हुने चोरी पैठारी व्यवसायीको मात्र समस्या होइन । यस्ता अवैध गतिविधिले व्यवसायी त मारमा परेकै छन्, राष्ट्रले पनि राजस्व गुमाएको छ’, उनले भने, ‘मुलुक आत्मनिर्भर हुने वस्तुमा पनि बाहिरबाट चोरी पैठारी हुने गरेको देखिएको छ । राजस्व चुहावट नियन्त्रणका लागि सरकार प्रतिबद्ध छ ।’ खुला सिमाना र भन्सार नाकाबाट हुने चोरी पैठारी नियन्त्रणका लागि प्रतिबद्ध भएर लाग्न सुरक्षा निकायलाई निर्देशन दिइसकेको उल्लेख गर्दै उनले अवैध व्यापार नियन्त्रणका लागि प्रहरी प्रशासनका तर्फबाट सहयोग रहने प्रतिबद्धता समेत जनाए । अर्थतन्त्र सुधारका लागि आन्तरिक पुँजी निर्माण, लक्षित पुँजीगत खर्च र व्यापार घाटा न्यूनीकरण गर्ने विषयलाई सरकारले प्राथमिकतामा राखेको उनको भनाइ थियो ।
बैठकमा नेपाल पोल्ट्री महासङ्घका अध्यक्ष गुणचन्द्र विष्टले कोभिड–१९ महामारीअघिको तुलनामा अहिले पोल्ट्री व्यवसाय धराशायी बनेको बताए । ‘करिब एक खर्ब ५० अर्ब बराबरको लगानी रहेको र पाँच लाख जनशक्तिलाई रोजगार दिइरहेको यो व्यवसायमा भारतबाट हुने चोरी पैठारीले गम्भीर असर परेको छ,’ उनले भने, ‘भन्सार नाकामा पशु क्वारेन्टाइन व्यवस्थित छैन । सस्तो भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्न नसक्दा पोल्ट्री उद्योग र व्यवसाय सङ्क्रमणबाट गुज्रिरहेको छ ।’ आत्मनिर्भर भइसकेको पोल्ट्री क्षेत्रमा अवैध आयातले समस्या निम्त्याएको उनको भनाइ छ ।
अन्य वस्तुका नाममा कुखुराको मासु आइरहेकाले भन्सार जाँचपासमा कडाइ गरिनुपर्ने, पशु क्वारेन्टाइनबाट चौबिसै घण्टा सेवा उपलब्ध गराउनुपर्ने, विद्यमान कानुनी व्यवस्था विपरीत दशगजा क्षेत्रमा खोलिएका कुखुरा फार्मलाई कारबाही गरिनुपर्ने, अवैध ओसारपसार गर्नेलाई न्यून जरिवाना लाग्ने गरेकोमा जरिवानाको रकम बढाउनुपर्नेलगायतका माग व्यवसायीले राखेका छन् । कुखुरा तथा कुखुराजन्य पदार्थको गैरकानुनी व्यापार रोकथामका लागि विद्यमान कानुनी व्यवस्थामा सुधार गरी दण्डसजाय बढाउनुपर्ने व्यवसायीको माग छ । पशु कल्याण र क्वारेन्टाइनसम्बन्धी ऐन संशोधनका लागि समेत व्यवसायीले माग राखेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #page 3
ताजा अपडेट
- नागार्जुनमा बाटो मिचेर बनाएको घर भत्काउन आदेश
- नेपाली बजारमा एलजीको नानोसेल टीभी सार्वजनिक
- नेसनल लाइफद्वारा बागमती प्रदेशका सीईओ क्लब सदस्यलाई सम्मान
- इ–सेवाको घर जित्ने विजेता घोषणा हुने
- धनी देशले प्रत्येक वर्ष तीन सय अर्ब अमेरिकी डलर तिर्ने सहमति
- सरकारी खर्चको वर्तमान अवस्था र स्थिति
- नेपालमा नबढेको चिनियाँ पर्यटकको संख्या
- द्वन्द्वपीडितका घाउचोटको छिटो उपचार गर
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया