Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारचाडपर्व नजिकिएसँगै सामान आयातमा विराटनगर भन्सारले बढायो निगरानी

चाडपर्व नजिकिएसँगै सामान आयातमा विराटनगर भन्सारले बढायो निगरानी


विराटनगर । नेपालीहरूका ठूला पर्वहरू नजिकिँदै आएसँगै कपडालगायत अन्य सामग्रीको अवैध कारोबार बढ्न सक्नेतर्फ विराटनगर भन्सारले समयमै नाकामा निगरानी बढाएको छ । भन्सारले नाकामा निगरानी बढाए पनि सशस्त्र प्रहरीको वीओपीले भने निष्क्रिय रहेको छ ।

सिमानाकामा हुने अवैध कारोबार नियन्त्रणको जिम्मेवारी बोकेको सशस्त्र प्रहरीले आफ्नो सक्रियता नबढाउँदासम्म विराटनगर भन्सारको सक्रियता खेर जाने सरोकारवालाको भनाइ छ । नेपाल र भारतबीचको खुला सीमा नाकामा रहेका सशस्त्र प्रहरीका बीओपीले विराटनगरसँग भारतीय सीमा जोडिएको इस्लामपुर नाका र दरैया नाकाबाट विगतमा राती आठ बजेपछि कपडा तस्करी गर्न छुट दिने गरेको आरोप लाग्ने गरेको छ । भारतबाट तस्करी गरी नेपाल ल्याउने गरेको ठूलो परिमाणको कपडा नेपाल प्रहरीले पक्राउ गरी आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान सुनसरीमा बुुझाएर कारबाही गरेको घटना धेरै छन् । यस्ता पुुराना घटनाले पनि विराटनगरमा रहेको भारतीय बजार जोगबनी नाका कपडा तस्करीका लागि सुरक्षित मार्ग भएको बताउन थालिएको छ ।

सरकारले कपडा आयातको लागि एलसी खोल्न नदिएको निहुँ बनाएर कपडा व्यवसायीले पनि अवैधरूपमा कपडा आयातको धन्दा गर्नेसँग कपडा खरिद गर्न थालेको छ । सरकारले एलसी खोल्न नदिए दशैंतिहारमा पनि तस्करीकै कपडा देशभर जाने चिन्ता व्यक्त गर्न थालिएको छ । तस्करी हुन सक्ने आकलनलाई मध्यनजर गरी विराटनगर भन्सारले नाकामा विशेष निगरानी थालेको छ । तर रात पर्नासाथ विराटनगर भन्सारसँगै जोडिएको इस्लामपुर भारतीय नाका र दरैया नाकाबाट अवैध कपडा आयात हुने गरेको स्रोतको दाबी छ । धेरै अगाडिदेखि नै ती नाकाबाट अवैध कपडा आयात भइरहेकाले प्रहरी र सशस्त्रको बीओपीले ती नाकामा सक्रियता बढाउनुपर्ने सरोकारवालाको भनाइ छ ।

स्रोतका अनुसार विभिन्न ब्राण्डका कपडा तथा सटिङसुटिङको कारोबार गर्दै आएका कपडाका व्यवसायीहरू नै विराटनगर भन्सारभित्र सेटिङ मिलाएर अवैध कपडाको आयात गर्दै आएका छन् । पछिल्लो समय सरकारले कपडा आयातका लागि बैंकमा एलसी समेत खोल्न नदिएको भन्दै भन्सारको बाटो भएर कपडाको आयात गर्नेहरूले प्रज्ञापनपत्रमा एउटा जातको कपडा घोषणा गर्ने र अर्को जातको कपडा आयात गर्ने गरेका छन् ।

भन्सार जाँचपासमा संलग्नहरूबाटै व्यापारीले सेटिङ गरी कपडा आयात गर्ने गरेको निष्कर्षसहित विराटनगर भन्सारले कपडालगायत सटिङ सुुटिङको भन्सार चेकजाँचमा आफ्नो सक्रियता बढाएको हो । भन्सार नाका नै प्रयोग गरी एउटा ट्याक्टरमा १० देखि १५ पोकाको भन्सार झुक्याएर कपडालगायत फुटकर सामान आयात हुने गरेको छ । पूर्वी बजारका मुख्य सहरमा एक अर्बभन्दामाथिको कपडाको कारोबार हुन सक्ने अनुमान विराटनगर भन्सारको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया