जापानको ‘परराष्ट्रमन्त्री प्रशंसा पुरस्कार’ जानलाई दिइने
काठमाडौं । जापानको परराष्ट्र मन्त्रालयले सन् २०२३ को ‘परराष्ट्रमन्त्री प्रशंसा पुरस्कार’ नेपाल जाइका अलमनाई एसोसियसन (जान) लाई दिने निर्णय गरेको छ । नेपालस्थित जापानी राजदूतावासबाट जारी प्रेस विज्ञप्तिअनुसार नेपाल र जापानको मैत्रीपूर्ण सम्बन्धलाई मजबुत बनाउन र जापानका प्रविधिहरू नेपालमा भित्र्याउन उल्लेखनीय योगदान गर्दै आएकाले जानलाई यो पुरस्कार दिने निर्णय भएको हो ।
विज्ञप्तिमा जानमा नेपाल सरकारका मुख्यसचिव, सचिवहरू, सहसचिवलगायत विभिन्न सरकारी एवम् गैरसरकारी क्षेत्रमा महत्वपूर्ण नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका सदस्यहरूको बाहुल्यता रहेकाले नेपालको विकासमा जानका सदस्यहरूको उल्लेखनीय योगदान रहेको उल्लेख गरिएको छ । जानका सदस्यहरूको बलियो सञ्जाल रहेकाले जापानमा अध्ययन तथा तालिममा सिकेका ज्ञान र प्रविधिहरू नेपालमा भित्र्याउन र राष्ट्र निर्माणमा जानका सदस्यहरूले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको राजदूतावासबाट जारी विज्ञप्तिमा उल्लेख छ । जानले यो वर्ष आफ्नो स्थापनाको स्वर्ण जयन्ती मनाउन लागि रहेको अवस्थामा यस किसिमको महत्वपूर्ण पुरस्कार दिन पाउँदा खुसी व्यक्त गर्दै नेपाल र जापानको मित्रता थप मजबुत बनाउन जानका सदस्यले भविष्यमा पनि नेतृत्व लिने विश्वास राजदूतावासले गरेको छ ।
जानका अध्यक्ष डा.रामचन्द्र भुसालले लामो समयदेखि जानले नेपालमैत्री सम्बन्ध कायम गर्न र विभिन्न जापानी प्रविधिहरू नेपाल भित्र्याउन गरेको योगदानको कदर गर्दै जापान सरकारले यस्तो महत्वपूर्ण पुरस्कार दिने निर्णय गरेबाट जानको योगदानको कदर भएको बताए । अध्यक्ष डा. भुसालले जानका सदस्यहरू जापानमा बस्दा नेपालको सद्भावनादूत र अहिले नेपालमा बस्दा जापानको सद्भावना दूत बनेर नेपाल जापानको मैत्री सम्बन्ध मजबुत बनाउन लागि रहेको जानकारी दिए । यस पुरस्कारले जानलाई आगामी दिनमा अझै सक्रिय भई नेपाल जापानमैत्री सम्बन्ध बलियो बनाउने कार्यमा भूमिका निर्वाह गर्न प्रोत्साहन मिलेको उनको भनाइ छ । साथै, जानलाई यो महत्वपूर्ण पुरस्कार दिने निर्णयको लागि जापान सरकार, जापानको परराष्ट्र मन्त्रालय, जापानी राजदूतावास र जाइका नेपाललाई धन्यवाद व्यक्त गरेको जापानी राजदूतावासबाट जारी विज्ञप्तिमा उल्लेख छ ।
क्याटेगोरी : समाचार
ट्याग : #page 3
ताजा अपडेट
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
- दाङमा तोरीको उत्पादन बढ्दै
- कपिलवस्तुमा पाटेबाघको छालासहित एक व्यत्ति पक्राउ
- एनपिएलको ट्रफी सार्वजनिक
- अष्ट्रेलियाका लागि नेपाली आवासीय राजदूत पदमा चित्रलेखा यादव नियुक्त
- एनपिएलले नेपालको पर्यटन प्रवर्द्धन र युवा प्रतिभालाई उजागर गर्नेछ: प्रधानमन्त्री ओली
- सभामुख घिमिरे र कम्बोडियाका प्रधानमन्त्रीबीच भेट
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया