Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकामना सेवाको वित्तीय साक्षरता

कामना सेवाको वित्तीय साक्षरता


काठमाडौं । कामना सेवा बिकास बैंकले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । वित्तीय साक्षरता आभिवृद्धि गरी वित्तीय प्रणालीलाई सघाउ पु-याउने उद्देश्यले बैंकले समाजका हरेक वर्ग र क्षेत्रमा वित्तीय साक्षरता सञ्चालन गर्दै आएकोमा शनिबार शाखा कार्यालय भोटाहिटीमार्फत अमः भिसा पुचःको सहकार्यमा कमलादी गणेशथान कुमारी पुजामा सहभागी हुन आएका स–साना बालबालिकाहरू बीच वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको जनाएको छ ।

बालबालिकाको सुनिश्चित र उज्वल भविष्यको निर्माणका लागि सानैदेखि बचतको महत्व र बचत गर्ने बानी बसाल्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा बैंकका कर्मचारीहरूले नानी बाबुलाई दक्षिणा, खाता खोल्ने फर्म, वित्तीय परिचालनसम्बन्धी जानकारी झोलालगायतका सामग्री वितरण गरेका थिए । यो कार्यक्रमले आर्थिक सुरक्षा, वित्तीय व्यवस्थापन, बचत र खर्चको सन्तुलन, डिजिटल ज्ञान आदि बारेमा बालबालिकाले जानकारी लिन सक्ने विश्वास बैंकले लिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया