Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकामना सेवा र हिमालयन जाभाबीच सम्झौता

कामना सेवा र हिमालयन जाभाबीच सम्झौता


काठमाडौं । कामना सेवा विकास बैंक र हिमालयन जाभा कफीबीच सम्झौता भएको छ । दुवै संस्थाबीच मंगलबार मर्चेन्टसम्बन्धी सम्झौता भएको हो ।

सम्झौताअन्तर्गत कामना सेवासँग आबद्ध सम्पूर्ण ग्राहक महानुभावहरूले काठमाडौं महानगरपालिका २९ पुतलीसडकस्थित हिमालयन जाभा कफीबीच कफीले प्रदान गर्ने सेवा सुविधामा १० प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने बताइएको छ ।

बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । यो सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकले विशेष लाभ लिने विश्वास बैंकले लिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया