Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकोभिड १९ नियन्त्रणको लागि ड्युटीमा खटिने प्रहरीलाई प्रोत्साहन गर्दै रातो फूल

कोभिड १९ नियन्त्रणको लागि ड्युटीमा खटिने प्रहरीलाई प्रोत्साहन गर्दै रातो फूल


भक्तपुर, वैशाख २१
लकडाउनलाई पूर्णरूपमा कार्यान्वयनमा ल्याउनको लागि ड्युटीमा खटिने प्रहरीहरूलाई रातो फूल दिइएको छ । मे १ अर्थात् एक सय ३१ औं विश्व मजदुर दिवसको अवसरमा भक्तपुर र काठमाडौँको सिमानाअन्तर्गत लोकन्थली जडीबुुटी सडक खण्डमा ड्युटी गर्ने क्रममा विभिन्न क्षेत्रमा क्रियाशील रहेका अधिकारीकर्मी एवं सर्वसाधारणहरूले प्रहरीले गरेको कामको उच्च मूल्यांकन गर्दे प्रोत्साहनस्वरूप रातो फूल दिएका हुुन् ।

अहिले विश्वका सबैजसो देशहरू कोरोना भाइरस (कोभिड १९)को महामारीविरुद्ध लडिरहेका छन । यो लडाइँमा हामी नेपालीहरू पनि लडिरहेका छौँ । सोही क्रममा अहिले सरकारले कोरोना भाइरस नियन्त्रण तथा रोकथाम गर्नको लागि देशव्यापीरूपमा लकडाउन गरेको छ, यो लकडान हामी सबै सुरक्षित रहनको लागि हो । सोही आधारमा पनि सबै आम नागरिक घरमा नै बसेर कोरोनाविरुद्ध लडिरहेका छन् । हामी यो लडाइँलाई जित्नको लागि सडकमा बसेर लकडाउनको पूर्ण पालना गराउन अहोरात्र खटिएका छौँ । सिंगो नेपाल प्रहरीको यो खटाइलाई उच्च मूल्यांकन गरेर हामीलाई यो फूल दिइएको हो, सब इन्सपेक्टर एकता न्यौपानेले भनिन् ।

ड्युटीमा खटिएका प्रहरीलाई यसरी फूल दिँदा कोभिड १९ विरुद्धको यो लडाइँमा हौसला मिल्ने भन्दै सर्वसाधारणहरूले यस्तो फूल दिएको उनको भनाइ थियो । वास्तवमा अहिले सिंगो मानव समुुदाय कोभिड १९ को विरुद्ध लडाइँ लडिरहेको छ । यसमा कोही प्रत्यक्षरूपमा सहभागी छन त, कोही अप्रतक्षरूपमा सहभागी छन् । यो लडाइँ सबैले मिलेर जित्नुपर्छ, त्यसकारण आम सबै नागरिकले घरमा नै बसेर लकडाउनको पूर्ण पालना गर्नुहोस्, अत्यावश्यक कामबाहेक अन्य काममा बाहिर ननिस्कनुहोस्, बाहिर निस्कँदा मास्क लगाउनुुहोस्, सामाजिक दूरी कायम गर्नुुहोस्, स्यानिटाइजर प्रयोग गर्नुुहोस्, साबुुनपानीले हात धुुनुहोस्, ड्युटीमा खटिएका सब इन्स्पेक्टर न्यौपानेले भनिन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x